स्पेनका नेपालीहरुको उदार मन देखेर शेष घलेले भने- “मेरो कृतज्ञता स्बिकार्नुहोस्”


– वसन्त रानाभाट
बार्सिलोना/
गैरआबासीय नेपाली संघका अध्यक्ष शेष घलेले  विपतको घडीमा उदार मन देखाउदै ठुलो रकम संकलन गर्न सकेको भन्दै स्पेनको नेपाली समुदायलाई कृतज्ञता स्विकार गर्न अनुरोध गरेका छन्।

बिनाशकारी महाभूकम्पले ठुलो धनजनको क्षति भईरहेको बेला संघको अभियानमा साथ दिएको भन्दै घलेले आभार ब्यक्त गरेका हुन्।

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन, नेपाली समुदाय र बार्सिलोना स्थित नेपाली कन्सुलरलाई सम्बोधन गर्दै पठाएको ईमेलमा उनले भनेका छन् ,” विपत्तिको घडीमा सानो समुदायबाट पनि यति धेरै रकम संकलन गर्न सक्नु उदारणीय कार्य हो, समुदायलाई कृतज्ञता स्वीकार गर्न अनुरोध गर्दछु।”उनले प्रबासमा उठेको प्रत्येक युरोलाई भूकम्प प्रवाहित क्षेत्रमा पुर्याएर सदुपयोग गर्ने भनी विश्वस्त पारेका छन्। घलेले भूकम्प प्रभावित क्षेत्रमा संघको उदेश्य अनुरुप नै राहत बितरण कार्य चलीरहेको पनि बताएका छन्। यस्तै संघका महासचिब कुमार पन्त, युरोप संयोजक अर्जुन कुमार श्रेष्ठले पनि स्पेनबासी सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गरेका छन्।

स्पेनमा भूकम्प पीडित सयोगार्थ ५० हजार युरो संकलन भईसकेको छ। राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत संघसस्थाहरुको संयुक्त पहलमा महाभूकम्प पीडित राहात कोषको स्थापना गरि रकम संकलन कार्य शुरु भएको थियो।

राहातकोषका संयोजक एबं राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरीले नेपाली समुदायको सहयोगबाट नै  यति धेरै रकम संकलन हुन सकेको बताएका छन्। उनले नेपालीनेपालीडटकमसँग कुराकानी गर्दै भने,”नेपाली संघ सस्थाहरु भएका अन्य मुलुकहरु भन्दा छुट्टै रुपमा प्रस्तुत भएर हातमा हात मिलाउने स्पेन स्थित सम्पूर्ण संघसस्थाहरु प्रति कृतज्ञ छु।”

४० हजार युरो केन्द्रमा ट्रान्सफर

स्पेनमा संकलन भएको रकम मध्ये ४० हजार युरो गैरआबासीय नेपाली संघको काठमाडौ स्थित खातामा ट्रान्सफर भएको छ।

संघले नेपालमा राहत बितरण कार्यलाई तिब्रता दिईरहेको बेला संकलन भईसकेको रकम नेपाल पठाईएको हो। बाकि रकम पनि यथासिघ्र संकलन गरि दोस्रो चरणमा सबै एकमुष्ट गरि पठाउने तयारी चलिरहेको छ।

स्पेन स्थित राजनीतिक,क्षेत्रीय,जातीय लगायतका बिभिन्न संघसस्थाहरुले बृहत रुपमा सहयोग संकलन गरि राहत कोषमा रकम एकमुष्ट गरेका हुन्। बिपतको घडीमा बिभिन्न मुलुकहरुबाट आई स्पेनमा बसोबास गर्ने आप्रबासीहरुले पनि रकम दिई सहयोग गरेका छन्।

डेस्क नै राखेर रकम संकलन

नगरपालिकाबाट अनुमती लिई डेस्क नै राखेर बार्सिलोनामा रकम संकलन गर्न शुरु गरिएको छ।मंगलबारबाट डेस्कमार्फत शुरु गरिएको रकम संकलन अभियान केहि दिन सम्म चल्ने भएको छ।

प्राय: डेस्कमा बस्दै आएका गंगा भुसालले नेपालको बारेमा चासो राख्दै सहयोग गर्न आईरहेको बताएका छन्। बिदेशीहरु कतिपयले सहयोग गरेको तर धेरैले भने आएर सहानुभूति प्रकट गरेको भुसालले बताए।

11216042_963659817001512_1399492056_n

 

बिभिन्न संघसस्थाका प्रतिनिधिहरु पालैपालो गर्दै डेस्कमा बस्दै आएका छन्। नेपाली राजदुताबास पनि स्थापना हुन नसकेको स्पेनमा बसोबास गर्दै आएका नेपालीहरु बिपतको घडीमा एक भई जुट्दा युरोपमा नै महत्वको साथ हेरिएको छ।

यहाँ स्थित संघसस्थाहरु र एनआरएनएको सहकार्यले नै पीडितलाई केहि राहत मिल्न सक्ने गरि रकम जुट्न सफल भएको हो।आर्थिक मन्दीका कारण काम पाउन कठिन भई अन्य मुलुकमा जस्तो बसोबास सहज नभए पनि विपत्तिको घडीमा स्पेनबासी नेपालीहरुले उदार मन देखाएका छन्।