सलमान खानलाई ५ बर्ष जेल सजायँ,अदालतमै परिवारको रुवाबासी


एजेन्सी: मादक पदार्थ पिर्इ कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा दोषी ठहर भएपछि बलिउडका चर्चित अभिनेता सलमान खानलार्इ ५ वर्षको जेल सजाय भएको छ ।

मादक पदार्थ पिर्इ कार हाँकेर सडक पेटीमा सुतिरेहका मानिसको ज्यान लिएको मुद्धामा बलिउडका चर्चित अभिनेता सलमान खानविरुद्ध अदालतले सजाय सुनाएलगत्तै उनलार्इ गिरफ्तार गरिएको थियो ।

१३ वर्षअघिको मुद्धामा मुम्बर्इको शेसन अदालतले बुधबार दिउँसो अन्तिम फैसलामा सलमानलार्इ दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएपछि अदालतबाटै मुम्बर्इ प्रहरीले हिरासतमा लिएको हो ।

फैसला सुनाउँदै न्यायाधीशले भने, ‘यो प्रष्ट हुन्छ कि घटनाको सलमान नै गाडी चलाइरहेका थिए । र, उनले मादक पदार्थ पनि पिएका थिए ।’

न्यायाधीशको फैसला सुनेपछि सलमानले एक शब्द पनि प्रतिक्रिया दिएनन् । जब न्यायाधीशले सलमानसँग सोधे के तपार्इँलार्इ थाहा छ, तपार्इँलार्इ १० वर्षको सजाय हुनसक्छ ।’ सलमानले आफ्नो शिर झुकाए तर कुनै प्रतिक्रिया दिएनन् ।

फैसलापछि अदालतमै सलमानको परिवारको रुवाबासी चलेको छ ।अदालतमै बिरामी परेकी सलमानकी आमा सलमान खान फैसला सुनेपछि बेहोस भएकी थिइन् ।

यही क्रममा सलमानका भाइ सोहेल खान गहभरी आँसु पार्दै अदालतबाट बाहिरिएका थिए । फैसला आएलगत्तै सलमानका दुबै बहिनीहरु अलवीरा अर्पिता अदालतभित्रै रोए