भूकम्पले ज्यान गुमाएकाको सम्झनामा दुखेको बार्सिलोना……..


वसन्त रानाभाट
बार्सिलोना/
प्रर्यटकीय शहर बार्सिलोनाको केन्द्र नजिकैको “प्लासा दे रे” सधैँ जसो रमाईलो बाताबरण देखिने तर सोमबार साँझ आफैमा बिरह पोखी रह्यो। एक आपसमा कुराकानी चली रह्यो,कसैले भने आफन्तहरु परे,धेरैको घर भत्कियो जमातमा यस्तै आबाज सुनियो। बाबा आमालाई कस्तो छ ? उत्तर मिल्थ्यो,धन्न ज्यान त बाच्यो, जीवन अहिले पालको ओतमा नै छ। धेरै समय भोकै बस्नु पर्यो ,राहत पुग्न धेरै ढिला भएछ। यसरी नै साँझ धेरै भावानामा छिप्पिदै गयो।

विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतीमा तथा घाईतेहरुको सीघ्र स्वास्थलाभको कामना गर्दै आयोजना गरिएको सामुहिक दिप प्रज्वलन कार्यक्रमका झलकहरु यस्तै थिए। माथी नेपालको झण्डा,त्यसको ठिक तल “प्रे फर नेपाल” र अन्त्यमा नेपालको नक्सा कोर्दै मैन बत्तीहरु सजाईएका थिए। कार्यक्रममा अधिकांश महिलाहरु तथा बालबालिकाहरुको सहभागिता रह्यो।

अनलाईनकर्मीको नजिक आउदै केहि नेपाली बच्चाहरुले “मेरो देश नेपाल” भन्दै झन्डालाई छातीमा राख्दै तस्बिर पनि खिचाएका थिए। “नेपालको लागि सहयोग र प्रार्थना गरौ” भनी स्पेनिस भाषामा लेखिएका टिसर्टहरुले विदेशीहरुको ध्यान खिच्यो। करिब ५०० प्रति छापिएका टिसर्ट ५ दिन पनि नहुदै बिक्रि भए।

 

11232373_10155443428805567_6260440764870652223_o

अझ त्यति नै मात्रामा माग थियो सबैले टिसर्ट टिसर्ट भने तर माग पुर्याउन सकिएन। त्यसो त दिप प्रज्वलन कार्यक्रममा स्पेनिसहरुको पनि उल्लेखेनीय रुपमा सहभागिता रहेको थियो। नगरपालिकाले दिएको अनुमतिले नै सार्बजनिक रुपमा कार्यक्रम गर्न पनि सम्भव भयो। मृतात्माको चिरशान्ती कामना सहित एक मिनेट मौनधारण गर्दै सम्झना गरियो ।

दिप प्रज्वलन कार्यक्रममा नेपाल र नेपालीको भाबनालाई प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदा बार्सिलोनाले मिनी नेपालको झझल्को दिएको भान हुन्थ्यो। कसैले काममा छुट्टी लिएर वा कसैले १ घण्टा सट्टी मिलाएर भए पनि स्मृतीसभामा सहभागिता जनाएका थिए।

 

11048721_10155443428690567_4139663434128173402_o

कार्यक्रममा सहभागी कातोलोनिया प्रान्तीय सरकारका माईग्रेसन मामिलाका डाईरेक्टर जाबीयर बोसले दुख ब्यक्त गरे। उनले स्पेनमा बस्ने नेपालीहरुको मन दुखेको बेला आफुलाई पनि पिडा भएको बताएका छन्। जाबीयर लगायत फुन्दासियो कातालानका डाईरेक्टर आन्जेल कोलम,बार्सिलोना स्थित नेपाली कन्सुलर लुईस बेल्बिस,कासा डेल टिबेटका डाईरेक्टर वाङ्ग चेंग्ला,आईसीसी सदस्य दिपक खरेल,एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी लगायतले दिप प्रज्वलन गरेका थिए। यस लगत्तै स्मृतिसभामा पुगेका सबैले मैन प्रज्वलन गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरे ।

unnamed-16

स्पेनमा गठित “महाभूकम्प पीडित राहत कोष” ले आयोजना गरेको कार्यक्रममा नेपाली तथा बिदेशी गरि सयौले सहभागिता जनाएका थिए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् लगायत स्पेन स्थित संघसस्थाहरुको पहलमा राहतकोषको स्थापना गरिएको हो। अन्य बेलामा बाद प्रतिबाद गर्दै अगाडी बढेका संघसस्थाहरु देश दुखेको बेला भने एकजुट हुदाँ स्पेनबासी नेपालीहरुले कृतज्ञता ब्यक्त गरेका छन्। सबै संघसस्थाहरुको पहलमा अहिले सम्म ४३ हजार युरो राहत संकलन भईसकेको छ।तस्बिर:- सुबास बहादुर बिष्ट/नरेश कार्की 11038578_10155443427615567_41242406292838979_o

unnamed-17