एनआरएनए स्पेनको महाभुकम्प राहात कोष सम्बन्धी प्रेस बिज्ञप्ती


सम्पूर्ण स्पेन स्थित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ,
नेपालमा हालै गएको शक्तिशाली महाभुकम्पले हजारौंको संख्यामा हताहत, कैयौं नेपालीहरु घाइते भएका र देशका धेरै गांउ र शहरहरु क्षतबिक्षतले हाम्रा आँखा अझै ओभाउन सकेका छैनन् । महाभुकम्पको सन्दर्भलाई लिएर एन आर एनको चासो पश्चात यस राष्ट्रिय विपत्तिको घडीमा सहयोग गर्न राहत संकलनको लागि स्पेन स्थित सम्पुर्ण संघ सस्थाहरुलाइ अपिल गर्दै बैठक बसेर महाभुकम्प पिडित सहयोगार्थ समिति गठन गरेका थियौ ।

एन आर एन स्पेनको सम्योजकत्वमा स्पेनका सबै संघ सस्थाहरु रहने गरी गठित समितिले नयॉ छुट्टै खाता ES६६ २१०० ०९२० ३००२ ००३१ ८८०५ नम्बरको स्थानिय “ला काईसा बैंक”को खाता समेत संचालनमा ल्याएर संकलिन रकम यसै खातामा संकलन गर्ने निर्णय समेत उक्त बैठकले गरेको थियो । फलस्वरुप हालसम्म एन आर एन ए ,जनसम्पर्क समिति ,प्रवाशी नेपाली मन्च ,जनप्रगतिशिल मंच ,तमु समाज ,चितवन समाज ,मगर समाज ,नेवा: समाज ,म्याग्दी समाज ,इनास,गल्कोट समाज , स्याङजा सहयोग समाज कास्की सेवा समाज ,पुर्बेली एकता समाज ,नेपाली जन कल्याण समाज (न्युज ) ,नेपाल स्पेन समाज कोष्टाब्लाडंका, तामङ समुदाय , ईनास, पोताला रेष्टुरेण्ट लगाएत संघ सस्थाहरुबाटनगद जम्मा युरो ४४४६९,४८ मध्य बैठकको निर्णय बमोजिम युरो ४०००० गैर आवाशिय नेपाली संघको राहत खातामा ट्रान्फर गरी भुकम्प पिडीतहरुको घॉउहरुमा मलम लगाउन सफल भएको महशुस गरेका छौं ।

कातालुनिया सरकारको तर्फबाट ५०००० युरो सहयोग,दिबंगतहरुको सम्झनामा दिप प्रज्वलन,स्पेन स्थित सबै स्पनिश मेडियाहरुबाट नेपालका भुकम्प पिडीतलाई सहयोगको अपिल,साथै पिडीतलाई सहयोग र प्रार्थनाको संदेश दिने खालको टिशिर्ट छपाई प्रयाप्त रुपमा प्रयोगमा ल्याएर तथा खुला राहत संकलन डेस्क नियमित रुपमा संचालनमा ल्याएर राहतकोषको लागि जुटिरहेका छौ।थप प्राप्त हुदै जाने राहत रकम नियमित रुपमा एन.आर.एन.आई.सी.सी.को राहात कोषमा जम्मा गर्दै जाने जानकारी समेत गराउदछौं ।

सबै संघ सस्थाबाट उठेको ,ब्यक्तीगत ,च्यारिटी वा अन्य पहलमा यस राहतको लागी स्पेनमा संकलन भएका नगद र सामाग्रीहरु अलग बितरण नगरी एकै द्वार प्रणालीबाट आम समुदायले गठन गरेको महाभुकम्प राहत कोष २०१५ समितीको खातामा जम्मा गरिदिनु हुन समेत अनूरोध गर्दै यसले स्पेनमा संकलित भएको रकम एकमुष्ट रुपमा पठाउदा यस समुदाएको योगदान राहत बितरणमा बढी प्रभाबकारी हुने समेत सबैलाई अबगत गराउन चाहान्छौ ।

संकलित नगद र राहत सामाग्री एकिकृत रुपमा एन .आर.एन. आइ सी सी ले गठन गरेको अध्यक्ष शेष घलेको नेतृत्वमा रहेको ३०१ सदस्सीय समिती मार्फत सिधै पडितहरुलाई हस्तान्तरण गरी राखिएको निरन्तर केन्दीय कार्यलयबाट आधिकारीक लगायत मेडियाबाट समेत प्रकाशित भईरहेकै छन् जुन हाल सम्म निकै छिटो वितरण सेवा भएको र प्रभाबकारी रहेको कुरा सबैलाई आत्मसाथ गर्न अनुरोघ गर्दै भुकम्प पिडित क्षेत्रमा यथाशिध्र स्वयंसेवकहरुको उल्लेख्य संख्यामा ब्यबस्था गरी यस उद्दारको गहन कार्यलाइ अझ बृहत बनाउदै नेपालमा भूकम्पले क्षेती पुराएको बिभिन्न क्षेत्रमा यथासक्य छिटो र प्रभाबकारी हुने गरी लागी परीरहेको समेत जानकारी गराउदछौं । केही भुकम्पले अत्यन्त जानकारी गराईयमा प्रभावित क्षेत्रमा जानकारी गराईयमा सस्थागत रुपमा सम्बन्धित क्षेत्रमा राहातको लागी निबेदन समेत गरिनेछ ।

साथै सम्पूर्ण संकलित रकम यस समुदयलाई पारदर्शी हुनेगरी जानकारी गराउने एन आर एन स्पेन प्रतिबध्दता ब्यक्त गर्दछ। यस राष्ट्रिय बिपतको घडिमा स्पेन स्थित नेपाली समुदाय सदा झैँ एक भई प्रकृतिले दिएको यस घोर अन्याय प्रति मानविय सद्भाव, सबैको तदारुकता र सक्रियत सहयोग रहने बिश्वाश लिदै सामुदायिक हित सहकार्यमा एकजुट हुन हार्दिक आव्ह्वान गर्दछौ ।

सन्तोष श्रेष्ठ
प्रबक्ता
गैरआबासीय नेपाली संघ स्पेन