“नेपालको लागि सहयोग र प्रार्थना गरौ भन्ने टिसर्ट लगाएर दिप प्रज्वलनमा सहभागी हुन अनुरोध


बार्सिलोना/

“नेपालको लागि सहयोग र प्रार्थना गरौ ” भन्ने सन्देश सहित स्पेनमा छापिएका सबै टिसर्टहरु बिक्रि भएका छन्। स्पेनिस भाषामा लेखिएका ५ सय प्रति टिसर्टहरु ५ दिन पनि नबित्तै बिक्रि भएका हुन्।

एनआरएनए लगायत स्पेन स्थित संघ सस्थाहरुले गठन गरेको “महा भूकम्प पिडित राहतकोष”ले टिसर्ट छपाई गरि बिपत्तिमा नेपाललाई समर्थनको जरुरी रहेको सन्देश दिएको थियो।

टिर्सट छपाईमा संयोजन गरेका गोपाल रेग्मीले टिसर्टहरुको माग अझै बढ्दो भए पनि सबै बिक्रि भई सकेको जनाकारी दिए। उनले टिसर्ट बिक्रिबाट करिब १ हजार ८ सय युरो जति रकम बचत भएको पनि बताएका छन्।

एनआरएनए स्पेनका अध्यक्ष एवम् राहतकोषका संयोजक एकराज गिरीले दिप प्रज्वलन कार्यक्रममा सबैलाई टिसर्ट लगाएर उपस्थित हुन अनुरोध गरेका छन्। सोमबार साझ बार्सिलोनामा हुने दिप प्रज्वलन कार्यक्रममा लागि छलफल गर्न बसेको बैठकमा गिरीले यस्तो अनुरोध गरेका हुन्।

मृतात्माप्रति श्रद्धाञ्जली अर्पण तथा घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना सहित उनीहरुकै सम्झना गर्दै, बार्सिलोनामा बृहत रुपमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको राहत समितले जनाएको छ।

यसै बीच टिसर्ट बिक्रीबाट बचत भएको रकम ( करिब १८ सय युरो) सहित गरी अहिले सम्म राहतकोषमा ४१ हजार ३ सय ९६ युरो संकलन भएको छ। करिब २५ हजार युरो राहत खातामा जम्मा भईसके पनि बाकि रकम एकमुष्ठ गर्ने क्रममा नै रहेको छ।

आईतबार सम्मन्न राहत समितिको बैठकले तत्काल बाकि रकम पनि संकलन गरी गैरआबासीय नेपाली संघको केन्द्रिय राहतकोषमा पठाउने निर्णय गरेको छ।

11134091_10155438776420567_5890576935889138711_o