नेपालीसँग दुख साटे डेनिश मन्त्रीले


कोपनहेगन । नेपालमा भुकम्पले पारेको विपत्तीबाट संसार अछुतो रहन सकेन । नेपाललाई दुख्दा संसारका सबै देशहरुलाई दुखेको छ भने धेरै देशहरु सहयोग मार्फत नेपालको घाउमा मल्हम लगाउने प्रयास गर्दै पनि छन् ।

यस्तैमा डेनमार्क पनि एक देश हो जसले विगत पच्चीस वर्ष देखि नेपाललाई विविध सहायता दिंदै आएको पनि छ । नेपालको प्रमुख दाता देश डेनमार्कले पनि यस दुखको घडीमा नेपालप्रति सहानुभुति व्यक्त गर्दै डेनमार्क सरकारका व्यापार तथा विकास मंत्री मोर्गेन येन्सनले नेपालीहरुसंग प्रतक्ष दुख साटेका छन् ।

विहिवार साँझ कोपनहेगनमा आयोजित भुकम्पबाट मारिनेहरु प्रती गरिएको सम्झना र नेपालप्रती गरिएको प्रार्थना तथा कामना सहितको “दीप प्रज्वलन” कार्यक्रममा मंत्री येन्सनले” डेनमार्क पनि यो समयमा नेपालको साथ् रहेको” बताए र नेपालको पुनर्निर्माणमा डेनमार्कले सक्दो सहयोग गर्ने वचन पनि दिए ।

डेनमार्कमा रहेको नेपाली समुदाय र स्थानीय डेनिश समुदाय बीच एन आर एन डेनमार्क, नेपाल डेनमार्क सोसाइटी तथा चिमालय च्यारिटी नामक संस्थाको विशेष पहलमा नेपाली समुदाय र डेनिश समुदायबीचको संयुक्त कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै मन्त्री येन्सनले यसरी नेपाली समुदाय माझ दुख बाँड्न पाउँदा केहि खुशी पनि लागेको बताए । उनि भन्दै थिए ” नेपालको दुख नेपाली माझ बाँड्न पाएँ ” ।

FB_IMG_1430683252589

सोहि कार्यक्रममा डेनमार्कका लागि राजदुत मुक्ति नाथ भट्टले भुकम्पले पारेको असरका बारेमा बताउंदै र सरकारले थालेका कदम जानकारी दिंदै ¡ स्थानीय डेनिश नागरिकहरुलाई पनि सहयोग गर्न आव्हान गरेका थिए । सो कार्यक्रममा डेनमार्कका लागि चाइना, भारत तथा पाकिस्तानका राजदुतहरुको पनि उपस्थित रहेको थियो ।

डेनमार्कमा रहेका सबै संघ संस्थाहरुले सक्रियता पुर्वक सहभागिता जनाएको उक्त दीप प्रज्वलन कार्यक्रममा स्थानीय डेनिश नागरिकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रम पश्चात डेनिश रेडक्रसले स्थानीय डेनिश नागरिकहरुबाट सहयोग रकम संकलन गरेको थियो । सो कार्यक्रम सम्पन्न गर्न स्थानीय डेनिशहरुले आवश्यक स्रोत र साधनको परिचालन गरेका थिए ।

FB_IMG_1430683287424

FB_IMG_1430683301107

FB_IMG_1430683336537FB_IMG_1430683407325

तस्वीरहरु : सन्तोष बैदार