भुकम्प पिडितको सहयोगार्थ च्यारिटी लन्च तथा इनास स्पेनको सांगीतिक कार्यक्रम सम्पन्न


वार्सिलोना/ नेपालमा भुकम्पले पारेको विपत्तिमा केहि भए पनि सहयोग गर्ने सिलसिलामा वार्सिलोनामा पनि भूकम्प पिडित सहयोगार्थ ईनास ब्याण्डले “वर्ल्ड म्युजिक” नाम दिएको कार्यक्रममा सहभागिता जनाएको छ। सान्खुगात फ्लोरिस्तामा आईतबार भएको  कार्यक्रममा स्थानीय स्पेनिश कलाकारहरुसँग सहभागी बन्दै उनीहरुले नेपाली गीत प्रस्तुतीहरु पनि राखेका थिए ।
स्पेनिस नागरिक इजाबेल फरनान्डेज, अल्फोन्स सान्चेस र टिबेटीयन समुदाय स्पेनका पुर्ब अध्यक्ष दावा ऋषि श्रेष्ठको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो। श्रेष्ठले नेपालीनेपाली डटकमलाई भने,”स्पेनमा गठित भूकम्प पिडित राहत कोषमा हामी रकम अझै बढाउँन चाहन्छौ,अहिले देशका लागि राहतको खाँचो छ तसर्थ केहि रकम संकलन होस् भनेर फरक विधि अपनाएको उनले बताए।
20150503_121258
ईनास ब्याण्डका सदस्यहरुले नेपालको लागि सहयोग र प्रार्थना गर भनी स्पेनिस भाषामा लेखिएका टिसर्टहरु लगाएर सांगीतिक कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा ईनासबाट तुलसी शिवाकोटी, संजय विक्रम शाह, अनिनास सिंह, सुरज मैनाली, विपिन गुरुङ, बंशल अधिकारी लगायतका कलाकारहरु सहभागी थिए । इनासको प्रस्तुती पछि स्थानीय स्पेनिस कलाकारहरु त्यहाँ रहेका आगन्तुकहरुको लागि मनोरन्जन दिएका थिए ।
 स्पेनिस नागरीक इसाबेलाले संचालन गरेको उक्त रेस्टुरेन्टमा आगामी केहि सम्म यसरी नै सांगीतिक कार्यक्रम प्रस्तुत गरी नेपाल प्रती सद्भाव बढाउने तथा अर्थ संकलन गरिने उनले जनाएकी छिन । त्यहाँ संकलीत रकम केहि दिनमा नै एकमुष्ठ गरि महाभूकम्प पीडित राहत कोषमा प्रदान गर्ने उनले बताइन्।
20150503_144525
यसैबीच  दावा ऋषि श्रेष्ठको बार्सिलोनामा रहेको पोताला रेस्टुरेन्टमा स्थानीय स्पेनिसहरु सहभागी भएको “च्यारिटी लन्च” कार्यक्रम सम्पन्न भएको छ । आईतबार नै भएको उक्त लन्च कार्यक्रमबाट ९ सय १० युरो संकलन भएको जानकारी संचालक श्रेष्ठले बताए । सो रकम एकमुष्ठ गरी  राहत कोषलाई नै प्रदान गरिने उनले बताएका छन् ।
च्यारिटी लन्चमा आएका स्पेनिस आगन्तुकहरुलाई श्रेष्ठ दम्पतीले नै स्वागत गर्दै कार्यक्रम  आयोजना गर्नुको उद्धेश्य बारे बताएका थिए। यस्तै  सहभागी  बन्दै स्पेनिस पाहुनाहरुले राहत बृद्दी अभियानमा सघाए । लन्च वापत प्रतिव्यक्ति ३५ युरो संकलित भएको र उक्त रकम खर्च पनि नकटाई भुकम्प पिडितको सहयोगार्थ राहत कोषलाई प्रदान गरिने संचालक श्रेष्ठले जानकारी दिएका छन्। तर कतिपय पाहुनाहरुले कार्यक्रममा सहभागी बन्न नपाए पनि लन्ज रकम बापतको ३५ युरो पठाएर सहयोग गरेका थिए।