गुरुङको नेतृत्वमा पुनःसहारा क्लव हङ्गकङ्गको गठन,भूकम्प पिडितलाई सहयोग


राजाराम पौडेल/ पोखरा

दिपक गुरुङको नेतृत्वमा पुनः १७ सदस्यीय सहारा क्लव हङ्गकङ्गको गठन भएको छ । त्यसै गरी प्रथम उपाध्यक्षमा अनिल गुरुङ्ग, द्धितिया उपाध्यक्षमा रेनुका गुरुङ, महासचिवमा बिल तमाङ्ग, सचिवमा सरोज गुरुङ्ग, कोषाध्यक्षमा सुमित्रा गुरुङ्ग, सहकोषाध्यक्षमा कुमार गुरुङ्ग, सदस्यमा विकास गुरुङ, किसन गुरुङ्ग, माया गुरुङ, कमला थापा, सरीताा गुरुङ, प्रविन गुरुङ, नातिकाजी गुरुङ, सुबास गुरुङ र अनिता गुरुङ रहेका छन ।

प्रमुख सल्लाहकार तुलसी कुमार गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने नेपालमा आएको भुकम्पको घटनाबारे कार्यक्रममा दुःख एवं चिन्ता समेत व्यक्त गरीएको थियो ।

सहारा क्लव हङ्गकङ्गको टोलीले नेपालका भुकम्प प्रभावितहरुको लागि न्युनतम एक लाख रुपैया आर्थिक जुटाउने भएको समेत अध्यक्ष गुरुङले बताए । साथै सहारा यू. के. बाट पनि एक लाख पचास हजार राहत सहयोग जुटाएको छ । उक्त रकम पोखराको सहारा क्लव मार्फत हस्तान्तरण गरीने समेत उनीहरुले बताए ।