भूकम्प पीडित सहयोगार्थ ईनास ब्याण्ड र पोताला रेष्टुरेन्ट जुट्दै


बार्सिलोना/
भूकम्प पिडित सहयोगार्थ ईनास ब्याण्डले “वर्ल्ड म्युजिक” नाम दिएको कार्यक्रममा सहभागिता जनाउने भएको छ।

लाफ्लोरेस्ता कातोलोनियामा आगामी आईतबार हुने कार्यक्रममा अन्य बिदेशी कलाकारहरुसँग सहभागी बन्दै उनीहरुले सहयोग जुटाउन लागेका हुन्।

स्पेनिस नागरिक इजाबेल र टिबेटीयन समुदाय स्पेनका पुर्ब अध्यक्ष दावा ऋषि श्रेष्ठको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो। श्रेष्ठले नेपालीनेपाली डटकमलाई भने,”स्पेनमा गठित भूकम्प पिडित राहत कोषमा हामी रकम अझै बढाउँन चाहन्छौ,अहिले देशका लागि राहतको खाँचो छ तसर्थ केहि रकम संकलन होस् भनेर फरक बिधि अपनाएका हौ।”

ईनास ब्याण्डका सदस्यहरुले नेपालको लागि सहयोग र प्रार्थना गर भनी स्पेनिस भाषामा लेखिएका टिसर्टहरु लगाएर कार्यक्रममा सहभागी बन्ने भएका छन्।

पोताला रेष्टुरेन्टले उठेको सबै रकम राहत कोषलाई दिने

बार्सिलोनाको काईया आरागोनमा रहेको पोताला रेष्टुरेन्टले भूकम्प पिडित सहयोगार्थ च्यारिटी लन्ज गर्ने भएको छ।

मे ३ तारिक आईतबार आफ्नै खर्चमा स्पेनिसहरुलाई खाना खुबाउदै,प्रत्येक ब्यक्तिले बुझाउने ३५ युरो, रेष्टुरेन्टले आफ्नो खर्च पनि नकटाई एनआरएनए स्पेनको भूकम्प पिडित राहत कोषमा हस्तान्तरण गर्ने भएको छ।

8c93dddfcd18a27e660b8abf99ed2caf

टिबेटीयन समुदाय स्पेनका पुर्ब अध्यक्ष श्रेष्ठले संचालन गर्दै आएको रेष्टुरेन्टले भूकम्प पीडितहरुको सहयोगको लागि च्यारिटी लन्ज राखेको हो ।

श्रेष्ठको नै संयोजनमा केहि दिन अघि कासा डेल टिबेटमा भएको कार्यक्रमबाट पनि १ हजार २ सय ६० युरो संकलन भएको थियो।