प्राज्ञ कोइराला र थपलिया सम्मानित, अग्निपिडितलाई कलाकारको ५१ हजार सहयोग


राजाराम पौडेल/पोखरा,  ।

लोकतन्त्र दिवस तथा नयाँ वर्षको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान गण्डकी अञ्चल कार्यसमिति पोखराले दुई स्रष्टालाई सम्मान गरेको छ । गीतकार तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया र वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालालाई शुक्रबार पोखरामा प्रतिष्ठानले सम्मान गरेको हो ।
थपलिया र कोइराला सरकारबाट प्रदान गरिने जनसेवा श्री तस्रो विभुषण बाट समेत सम्मानित भएका थिए । उहाँहरुलाई प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । गीतसंगीत र प्रशासनीक क्षेत्रबाट गरेको योगदानको कदर गदै थपलिया र लोकगीतसंगीतको माध्यमबाट पुर्याएको योगदानको कदर गदै कोइरालाई सम्मान गरिएको अध्यक्ष दाहालले बताए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक थपलियाले संगीतको दायरा फराकिलो हुने बताउदै गीतसंगीत जातजाती, भाषा र भुगोलको सिमालाई नछुने बताए । गीतसंगीतको दायरा फराकिलो हुने भएकाले संगीत विश्वब्यापी भएको भएको बताउदै संगीत सवैलाई प्रिय हुने बताए । ‘गीतसंगीत मननपराने ब्यत्ति हुदैन, संगीतले सिमा र भावनलाई विखण्डन गर्न सक्दैन् ।’ उनकोे भनाई थियो
प्राज्ञ हरिदेवी कोइरालाले कलाकार राष्ट्रको गहना भएको बताउदै नेपाल आमाको शिर र लगामा पहिरिने भएकाले राष्टप्रतिको जिम्मेवारी र दायित्वलाई पुरा गर्नुपर्ने बताए । उहाँले राष्ट्रबाट केही पाउने अपेक्षा भन्दा पनि केही दिनुपर्छ भन्ने भावना राख्नुपर्ने बताए । उहाँले लोकसंस्कृतिमा देखिएको विकृति र विसंगीतलाई हटाउन सवै लाग्नुपर्नेमा समेत जोड दिए ।
यसैवी सोही कार्यक्रममा ताप्लेजुङको फुङलिङमा भएको आगलागी पिडितका लागी ५१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत फार्मत अग्निपिडितका लागी उक्त रकम हस्तान्तरण गरिएको थियो । कलाकारले गीतमात्रै गाउदैन् दुखेका मनमा मनम पटटी लगाउने र सामाजिक दायित्व पनि पुरा गर्छन भन्ने सन्देश दिन खोजीको अध्यक्ष दाहालको भनाई थियो । कार्यक्रममा कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, लोक दोहोर्री गीत प्रतिष्ठान नेपालका केन्द्र्रिय कोषाध्यक्ष रिता थापा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल बार एशोसिएसनका केन्द्र्रिय उपाध्यक्ष अनिता गुरुङ्ग, नेपाली काग्र्र्रेस का्रस्कीका सचिव कृष्ण केसी, प्र्रतिष्ठान गण्डकीका संरक्षक यम गुरुङ्ग, महासचिव घनश्याम रिजाल, सचिव सुरेन्द्र गुरुङ्ग, का्रस्की अध्यक्ष शिवहरी ढुङ्गाना, पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल लगायतले आ–आफ्नो भनाई राखेका थिए ।