देशभर भुकम्पको एकपछि अर्को धक्का,धरहरा ढल्यो


काठमाडौं /

करिब १२्र बजे आएको भुकम्पले देशभरको जनजिवन प्रभावीत भएको छ । लमजुङ केन्द्रविन्दु भएर आएको भुकम्पले देशभर क्षती पु¥याएको छ ।

७.५ रेक्टर स्केलको भूकम्पले सवैभन्दा धेरै क्षती राजधानीमा पु¥याएको छ ।राजधानीको ऐतिहासीक धरहरा ध्वस्त भएको छ । आज शनिवार भएकाले धरहरा चढ्ने मानिसहरुको घुँईचो लागेको हुनाले क्षतिको यकिन विवरण आउन सकेको छैन ।

राजधानीका धेरै स्थानमा बर्षौदेखि कच्चा अवस्थामा रहेका घर र पर्खालहरु भत्किएका छन् भने कतिपय स्थानका पक्कि सडकहरु फाटेका छन् ।

bhukumpa-17

पटक–पटक भुकम्पको धक्का आईरहेको हुनाले अस्पतालहरुले बाहिर खुल्ला ठाउँमा राखेर उपचार गराईरहेका छन् । आकस्मिक उपचार समेत अस्पतालहरुले बाहिरै गरिरहेका छन् ।

ठुलो भुकम्प गएपछि त्रसित भएका राजधानीवासीहरु अहिले खुल्ला स्थानमा जम्मा भएर बसिरहेका छन् । दरबार हाईस्कुलको केही भु–भाग भत्केको छ भने असन र पाटन क्षेत्रमा ठुलो क्षती पुगेको छ । राजधानीमा मानविय उद्धारको कार्य जारी रहेको प्रहरीले जनाएको छ । –