भूकम्प पिडितलाई बार्सिलोना निबासी कृष्ण गुरुङ्को १ लाख ११ हजार रुपैयाँ सहयोग


बार्सिलोना/
शनिबार गएको विनाशकारी भूकम्पका कारण देशभर ठुलो धनजन क्षति भईरहेको बेला बार्सिलोना निबासी कृष्ण गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहयोग घोषणा गरेका छन्।

भक्तपुर नगरपालिका-१५ गठ्ठाघर स्थायी घर भएका गुरुङले स्थानीय अनलाईन मिडिया नेपालीनेपाली डटकम मार्फत रकम घोषणा गरेका हुन्।

दिनभर काम गरीरहदा समाचार हेरिरहे मन थाम्न सकिन,अहिले देश दुखिरहेको छ सबैको सहयोगको खाचो छ नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै गुरुङले भने,”मैले २ महिना दुख गरे भने त्यति नै रकम फेरि पनि जम्मा गर्न सक्छु तर यस्तो बेला पनि देशलाई सहयोग गरिन भने कहिँले गर्ने त ?” निकै भाबुक हुदै उनले भने “सहयोग गरेको रकम सही ठाउमा खर्च होस् ,परोपकारी काममा तपाईहरुले स्पेनमा खेलेको भूमिका अति नै राम्रो लागेको थियो त्यसैले तपाईहरु मार्फत नै सहयोगको घोषणा गरेको हु। ”

सन् २००८ देखि स्पेन बस्दै आएका गुरुङले छिटो भन्दा छिटो रकम संकलन गरि पिडितलाई राहत दिन स्पेनबासी नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।

यसैबीच नेपालीनेपाली डटकमले गुरुङ्ले प्रदान गरेको रकम बारे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनले आईतबार राखेको आकस्मिक बैठकमा जानकारी गराउने भएको छ।

सवै राष्ट्रिय समन्वय परिषद्लाई एकीकृत राहत संकलन अभियानमा सहभागी हुन निर्देशन दिदै गर्दा संघले आपतकालिन बैठक डाकेको हो।

स्पेन स्थित संघसस्थाहरु पनि राहत संकलन कार्यमा जुट्दै

नेपाली जनसम्पर्क समिति स्पेनले समितिका कोषाध्यक्ष राम सापकोटाको संयोजकत्वमा राहत समिति गठन गर्दै रकम संकलन कार्य शुरु गरिसकेको छ। अहिले सम्म करिब ६ सय युरो समितिले संकलन गरि सकेको छ।

यस्तै प्रबासी नेपाली मन्च स्पेनले पनि राहत संकलन बारे छलफल गर्ने भन्दै आकस्मिक बैठक राखेको छ। नेपाली जनप्रगतिशील मन्च स्पेनले पनि भूकम्प पिडितलाई आपतकालिन राहत संकलनमा जुट्न स्पेनबासि नेपाली समुदायलाई अपिल गरेको छ।