स्पेनमा अब एउटै जनप्रगतिशील मञ्च, माओबादी एकताको सन्देश


बार्सिलोना
नेपालमा बिभिन्न चिरामा बिभाजित माओबादी पार्टीहरुलाई एकताको एउटै मालामा उन्ने सन्देशको लागि भन्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनले एकीकरणको घोषणा गरेको छ । एकिकृत नेकपा माओबादी र नेकपा माओबादीको रुपमा छुट्टाछुट्टै संरचनामा रहेका मञ्चहरुले एकताको घोषणा गरेका हुन्।

स्पेनमा सन् २००८ देखि नेपाली समुदायमा सक्रिय रुपमा देखिदै आएको जनप्रगतिशील मञ्च सन् २०१२ देखि दुईबटा मञ्चको रुपमा देखिएको थियो।
नेकपा माओबादीको अध्यक्षको रुपमा मोहन वैद्य किरणले पार्टी घोषणा गरेपछि स्पेनमा पनि बिभाजनको असर परेको हो।

जनप्रगतिशील मञ्च (एमाओबादी)का अध्यक्ष महेश्वर कंडेल र जनप्रगतिशील मञ्च (माओबादी) का अध्यक्ष ईश्वर शर्माले एकताको घोषणा भन्दै जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ, “समाज परिबर्तनको प्रमुख संबाहक दुई दिशाको यात्राले शसक्त गति लिन सकेन परिणाम फेरी समाज अन्योल तर्फ धकेलियो, यद्दपी बिभाजनबाट खण्डित प्रगतिशील बिचारलाई एकीकृत गर्नुको बिकल्प रहेन र एकताको आबस्यकता महशुस गर्दै एकताको घोषणा गरियो । नेपालमा रहेका सम्पूर्ण कम्न्युनिष्ट पार्टीहरुको एकीकरणका लागि बिशेष आग्रह गर्दै हामीहरु यस कर्मभूमि स्पेनमा सम्पूर्ण नेपालीहरुको सुख, दुखमा साथ दिदै हाम्रा समस्याहरु समाधानमा सदैब लागि पर्ने प्रतिबद्दता प्रकट गर्दछौ ।”

unnamed1

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता लेनिनको १४५ औं जन्म जयन्तीको अवसरमा वुधबार एकताको घोषणा गरिएको छ। मञ्चले स्थापनाकालको ७ वर्षपछि आगामी जुनको पहिलो हप्ता बार्सिलोनामा पहिलो अधिबेशन गर्ने भएको छ।

बिज्ञप्तिको पूर्ण पाठ
आदरणीय सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुमा
क्रान्तिकारी लाल अभिबादन,

नेपाल र नेपालीको आमुल परिबर्तनका लागि शहादत प्राप्त गर्नुहुने सम्पूर्ण वीर शहिदहरुमा हार्दिक श्रद्धासुमन । विश्व कम्न्युनिष्ट आन्दोलन तथा सर्बहारा वर्गको मुक्तिका प्रवर्तक, अक्टोबर क्रान्तिका नायक तथा मार्क्सबादका प्रथम प्रयोगकर्ता व्लादिमिर लेनिनको १४५ औं जयन्ति तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवशको अवसरमा सम्पूर्ण विश्व भू-मण्डलमा छरिएर बस्नुहुने सम्पूर्ण आदरणीय मजदुर साथिहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ । इतिहासमा असफल भैसकेको र जनताको सार्बभौमता अपहरण गरेको राज्य व्यवस्थाको बिरुद्दमा नेपाली भूमिमा बि.स. २०५२ साल फाल्गुन १ गते देखि तत्कालिन नेकपा माओबादीद्वारा सर्बहारा बर्गको मुक्ति, जनबादी राज्य ब्यबस्थाको स्थापना, सबल – सफल र संवृद्द राज्य निर्माणका निम्ति बिशाल उदेश्य लिएर एक महान जनयुद्धको अभ्युदय भएको यथार्थ सर्बबिधितै छ ।
नेपालको महत्वपूर्ण समय खण्डको जनयुद्ध, जनविद्रोह, तथा जनान्दोलनको नेतृत्व गरेको तत्कालीन नेकपा माओबादी र सातदल बिच भएको ५ बुदें रोल्पा सम्झौता र त्यसको आधारमा भएको १२ बुदें बिशाल शान्ति सम्झौताले देशमा बिध्यमान बिभेदकारी ब्यबस्थाको अन्त्य गरी समतामूलक र समाबेशी, समाज र राज्य निर्माण गर्नका निमित्त जनताको संबिधान जनता बाटै लेख्ने युगिन आधार स्तम्भ निर्माण गर्यो ।

संबिधानसभाबाट संघीय गणतान्त्रिक संबिधान निर्माण गर्ने सहमति भए अनुसार, महान जनयुद्धको जगमा २०६२ /२०६३ सालको संयुक्त जनआन्दोलन मार्फत २४० बर्षे निरंकुस राजतन्त्रलाई समाप्त गरि इतिहासमा सिमित गर्यो । देशले एक युगीन परिबर्तनको महसुस गर्यो, जनताले कानुनीशासनको अपेक्षा र हक अधिकारको सुनिश्चितता प्रति आशा गरे र सफलता पुर्बक सम्पन्न भयो संबिधान सभाको निर्बाचन र देशले पायो नयाँ र परिबर्तनगामि शक्ति।

समयले उक्त संबिधानसभालाई दुर्भाग्य साबित गर्यो ९० प्रतिशत तयार भएको संबिधान लाई पनि पूर्णता दिन नसकेर । देश र जनताको सम्बृद्दी फेरी अन्योल र अदुरदर्शिताको शिकार बन्यो संबिधान सभा बिघटन हुनपुग्यो । पुन; दोश्रो संबिधान सभाको निर्बाचन भयो, अपरिपक्को र अदुरदर्शी अन्तरिम संबिधानको जगमा जुन परिवर्तनकारी शक्तिको लागि मात्र एक धोका थियो । परिबर्तनशालि शक्ति लाई निरीहतामा बदल्ने चेस्टा भयो, परिबर्तनका शक्तिहरु संबिधानसभा भित्र र बाहिर विभाजित अवस्थामा पुर्याएर अमुर्त षड्यन्त्र लागु गर्ने प्रयास गरीयो ।

दोस्रो संबिधानसभाको परिणाम एउटा अमुक शैली र अप्राकृतिक संरचनामा देखियो जसले परिबर्तनकामि शक्ति भन्दा पुरानै यथास्थितिबादी शक्ति हावी भई बृहत शान्ती सम्झौता, १२ बुदे समझदारी लगायतका बिगतमा गरिएका महत्वपुर्ण संझौतालाइ लत्याउदै एकलौटि ढंगबाट सत्तापक्ष अगाडी बढ्दै जबरजस्ती ढंगले हिजो जनताको मुक्तिका खातिर इमान्दारिकता पुर्वक नेपाली माटोमा प्रयोग भएको जनयुद्धलाई अपराधको रुपमा करार गर्न उद्धत रहेको र हिजोका परिवर्तनका सबै एजेन्डालाई लत्याउदै पुरानै राजाको ठाउँमा रास्ट्रपति राखेर २०४७ सालको संबिधान जारी गर्न उद्धत भएको यथार्थले हामी सबैमा पीडाबोध भएको छ ।

जनयुद्धकालीन मुद्दालाइ सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फ़त टुंग्याउनु पर्नेमा माओबादी नेता कार्यकर्तालाइ जेल हाल्ने तथा झूठा मुद्दा लगाउने गरेकाले तत्काल बिभिन्न चिरामा बिभाजित माओबादी शक्तिबिच एकता गरी माओबादी आन्दोलनले स्थापित गरेको जनताका परिवर्तनका मुद्दालाइ जीवन्त राख्न वा संस्थागत गर्न अहिलेको प्रमुख़ आवस्यकता महसूस गरिएको छ । सम्पूर्ण जनआस्थावान शक्तिहरु एकै ठाउँमा र एउटै ढिक्कामा एकीकृत गर्ने र स्पेन स्थित सम्पूर्ण माओबादी तथा माओबादी आन्दोलनमा बिश्वास राख्ने शक्तिबिच एकीकरण गरी अगाडी बढ्ने तथा हाम्रो एकीकरण मार्फत नेपालमा रहेको बिभिन्न चिरामा बिभाजित माओबादी पार्टीहरुलाई एकताको एउटै मालामा उनिनको लागी सन्देश दिदै हामीहरु हाम्रो गौरबशाली संगठन नेपाली जनप्रगतिशिल मंच स्पेन एकीकरणको घोषणा गर्न चाहन्छौ ।

सन् २००८ मा स्थापित भई स्पेनका नेपालीहरुको हक र अधिकार तथा सामाजिक समस्या समाधानका निम्ति अगाडी बढेको हाम्रो नेपाली जनप्रगतिशील मंच स्पेन झन्डै आफ्नो स्थापनाको ४ वर्ष पुग्दा नपुग्दै नेपालमा भएको नेकपा एमाओबादी बिभाजन र नेकपा-माओबादीको गठनसंगै यहाँ पनि दुई दिशामा आफ्नो पाइला टेक्न बाध्य भयो ।समाज परिबर्तनको प्रमुख सम्बाहक दुइ दिशाको यात्राले ससक्त गति लिन सकेन परिणाम फेरी समाज अन्योल तर्फ धकेलियो ।

यद्दपी बिभाजनबाट खण्डित प्रगतिसिल बिचारलाई एकीकृत गर्नुको बिकल्प रहेन र एकताको आबस्यकता महसुस गर्दै एकताको घोषणा गरियो । नेपालमा रहेका सम्पूर्ण कम्न्युनिष्ट पार्टीहरुको एकीकरणका लागि बिशेष आग्रह गर्दै हामीहरु यस कर्मभूमि स्पेनमा सम्पूर्ण नेपालीहरुको सुख, दुखमा साथ दिदै हाम्रा समस्याहरु समाधानमा सदैब लागि पर्ने प्रतिबद्दता प्रकट गर्दछौ ।
महेश्वर कंडेल                                                                        ईश्वर शर्मा

 जनप्रगतिशील मञ्च (एमाओबदी )                   जनप्रगतिशील मञ्च(माओबादी )