जन-प्रगतिशील मन्च स्पेनको पहिलो अधिबेशन आगामी जुनमा


बार्सिलोना/
एकीकृत नेकपा माओबादी निकट नेपाली जन-प्रगतिशील मन्च स्पेनले आफ्नो पहिलो अधिबेशनको घोषणा गरेको छ।

मन्चले स्थापनाकालको ७ बर्ष पछि मात्र आगामी जुनको पहिलो हप्ता बार्सिलोनामा पहिलो अधिबेशन गर्ने निर्णय गरेको हो।

सन् २००८ सालदेखि स्पेनमा सक्रिय रहदै आएको मन्चले प्रगतिशील विचार राख्ने समूहलाई एकताको मालामा आबद्ध हुन बिशेष आग्रह गर्दै एकजुट हुन अपिल समेत गरेको छ।

मन्चका अध्यक्ष महेश्वर कंडेलको अध्यक्षता गत सोमबार बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको महासचिव गंगा प्रसाद भुषालले जानकारी दिए।

२८ सेप्टेम्बर २०१२ मा पुर्नरगठन भएको हालको कार्यसमिति बिघटन भन्दै अध्यक्ष कंडेलकै संयोजकत्वमा ५५ सदस्यीय महाधिबेशन मूलआयोजक समिति समेत गठन गरेको छ।

यस्तै ब्यबस्थापन तथा सम्पर्कमा गंगा प्रसाद भुसाल,अर्थ व्यवस्थापनमा यज्ञ नारायण पौड्याल (रमेश ) र संगठन विस्तारका लागि बिशाल ढुंगाना रहने गरि बिभिन्न उपसमितिहरुको गठन गर्दै संयोजकहरुको जिम्मेबारी दिएको मन्चले जनाएको छ।