अनरेरी अवार्डबाट सम्मानित नेपाली चेली इन्दिरा रानामगर स्पेनमा


– वसन्त रानाभाट
बार्सिलोना/
अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट सम्मानित नेपाली चेली इन्दिरा रानामगर स्पेन आईपुगेकी छन्।

‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगर स्पेनका बिभिन्न युनिभर्सिटीहरुमा आफ्नो अनुभबहरु साटासाट गर्न आईपुगेकी हुन्।

स्पेनिस नागरिक ग्लोरिया र वरियल लगायत उनीहरुको परिबारले हालै स्थापना गरेको कलियु नेपाल नामक सस्थाको आमन्त्रणमा स्पेन आएकी हुन्। स्पेनिसहरुले स्थापना गरेको उक्त सस्थाले बन्दी सहायता नेपाल सस्थासँग सहकार्य गर्दै काम गर्ने भएको छ। २ हजार युरो सहयोग गर्दै कलियु नेपालले ,एउटा गाई, १८ बटा बाख्राहरु किन्न सघाएका थिए।

11133689_10153087230916998_3730136067657356429_n

स्पेनिस नागरिक ग्लोरिया र वरियल करिब २ बर्ष सम्म नेपालमा नै रहेर बिभिन्न जेलहरुको अबलोकन समेत गरेका थिए।  रानामगरले स्पेनको बार्सिलोना र जिरोनाका ३ बटा युनिभर्सिटीहरुमा पुगेर अन्तरक्रिया गरिसकेकी छन् भने लेईदामा अबस्थित बन्दी गृहमा गएर त्यहाको अवलोकन समेत गरिन्।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै उनले भनिन्,”बन्दी अभिभावकका बालबालिकाको शिक्षा दीक्षामा काम गर्दाको अनुभवहरु मैले यहाँ सेयर गरेकी हु, देशमा परिबर्तनको लागि बालबालिकाहरुले सकारात्मक कुरा सिक्नु पर्छ त्यसैले जेलमा रहेका बालबालिकाहरु पनि कुनै पनि बिषयबाट बन्चित हुनु हुदैन।”

स्पेनको अर्को शहर भ्यालेन्सियामा पनि रानामगरले गर्ने अन्तरक्रियाका कार्यक्रमहरु तय भएका छन्।अन्तर्राष्ट्रिय स्तरको अवार्ड जिती सकेकी उनि बार्सीलोनामा टेलिभिजन,रेडियो लगायत स्थानीय संचार माध्यममा समेतअन्तरबार्तामा ब्यक्त बनेकी छिन्।

11150564_10153087230261998_3419072825593862973_n

अहिले सम्म जेलबाट करिव एक हजार भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी इन्दिरा बिगत २० बर्ष देखि नै बालबालिकाको संरक्षण,शिक्षा र पालन पोषणका लागि काम गर्दै आएकी हुन् ।

उनले बालबालिकाहरुको लागि स्कुल,बालगृह,लगायत अन्य यूवा कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छिन् ।

11146223_10153087230741998_1073842104863657519_n