हङकङ्ग व्युटि इन्ष्टीच्युट (कलेज) को २८ औँ वार्षिक उत्सव सम्पन्न


हङकङ्ग व्युटि इन्ष्टीच्युट (कलेज) को २८ औँ वार्षिक उत्सव सम्पन्न तस्विर राजाराम पाैडेल

राजाराम पौडेल/
पोखरा
सिटीइभिटी द्धारा सम्बधन प्राप्त हङकङ्ग व्युटि इन्ष्टीच्युट (कलेज) ले आफ्नो २८ औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।२८ वर्ष पुगेको अवसारमा हङकङ्ग व्युटि इन्ष्टीच्युट (कलेज)का प्रोप्राइटर मिना गुरुङले पोखरा उपमहानगरपालीका भित्रका २८ वडाका २८ महिलालाई निशुल्का व्युटिसियन तालिम प्रदान गर्ने घोषणा गर्नुभएको छ । युवा महिलाहरुलाई सिप प्रदान गरि बेरोजगारी हटाउने उद्देश्यले तालिमको घोषणा गर्नुभएको हो ।

व्युटि इन्ष्टीच्युट (कलेज)को सभाहलमा सम्पन्न कार्यक्रमा बोल्दै सिटिइभीटीका सदस्य सचिव डा रामहरी लामीछानेले संस्थाले २८ औँ वसन्तमा प्रवेश गरेको अवसारमा शुभकामना दिदै संस्थाको प्रशंसा गर्नुभयो । नेपालमा व्युटि इन्ष्टीच्युटहरु नाफामुलक रुपमा खोलिए तापनि यस संस्थाले सामाजीक कार्यमा ठुलो योगदान दिएको बताउनुभयो ।

सदस्य सचिव लामीछानेले इन्ष्टीच्युटले बेरोजगार युवा महिलाहरुलाई निशुल्का तालिम दिई स्वारोजगार दिएको समेत दावी गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला सचिव दामोदर बैरागी, तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका सचिव चेत बहादुर गुरुङ, तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद कास्की सचिव विष्णु गुरुङ, संचार केन्द्र पोखरा प्रमुख रामप्रसाद तिमिल्सीना, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल अध्यक्ष पम्फा पहारी, जिफन्ट गण्डकी धौलागिरी उपाध्यक्ष रुद्र बहादुर खत्रि, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावली, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सिता गुरुङ, लायन्स क्लव आफ आँगानका ममता गुरुङ लगायतले संस्था प्रति शुभकामना व्यक्त गर्दै प्रगतिको कामना गरेका थिए ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका महासचिव सुमन गुरुङले संचालन गर्नुभएको कार्यक्रममा मोनिका तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाले विगतमा बन्दी गृह, सामुदायिक सेवा केन्द्र, पश्चिमाञ्चल प्रहरी महिला संघ लगायतका सरकारी गैरसरकारी संघसंस्था संग सहकार्य गरि व्यक्तित्व विकास, योगा तालिम, बोल्ने कला, नृत्य कला लगायतका विभिन्न तालिमहरु सम्पन्न गरिसकेको छ ।