संघियतामा सहमति हुने कुरा कमजोर बन्दै ः उपाध्यक्ष भण्डारी


– राजाराम पौडेल

पोखरा/

नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले हाल विद्यमान राजनीतिको विवादित विषय संघीयतालाई केहि राजनितिक दलले गलत मनासयका साथ विषवृक्षको रुपमा प्रयोग गर्न खोज्दा संविधान निर्माणमा सहमति हुन नसकेको बताएकि छन् ।

जनताको राज्यमा पहुँच पु¥याउनका लागि आफुहरुले संघियताको कुरा गरेको भएपनि त्यसमा सहमति हुन नसकेको उनको भनाई छ । ‘संघियतालाई पृथकतावादीहरुले प्रयोग
गर्न खोजेकोले संघियतामा सहमति हुने कुरा कमजोर बन्दै छ’ उनले भनीन् ।

अखिल नेपाल महिला संघ कास्कीको सातौ जिल्ला सम्मेलनको शुक्रबार पोखरामा
उद्घाटन गर्दै भण्डारीले यतिबेला संविधान बन्नुपर्छ र बन्नूहुदैन भन्नेका बिच
लडाई भईरहेको बताइन् । अखिल नेपाल महिला संघको केन्द्रिय अध्यक्ष समेत
रहेकी उनले देश संघियतामा जाँदा राष्ट्रिय एकता, सामाजिक सद्भावमा
कुठाराघात हुन नदिने स्पष्ट पारिन् ।

एक अर्को प्रसंगमा पुर्वरक्षामन्त्री रहेकी उनले हाल एमालेको सरकारमा बस्ने कुनै रहर नभएपनि देशका आवश्यकताको बोधले सरकारमा बस्नु परेको बताइन् । यदि संविधान सभाबाट संविधान नबन्ने हो भने एमाले सरकारमा बस्नुको अर्थ नरहने उनको भनाइ थियो । नेपाली काँग्रेसले राष्ट्रिय हितलाई भन्दापनि दलगत हितलाई मात्र हेरेकोले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप उनको थियो ।

अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष मित्र कुमारी गुरुङ्ग सुवेदीको
अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले गण्डकी अञ्चल इन्चार्ज जगत
विश्कर्मा, एमाले कास्की अध्यक्ष कृष्ण थापा, केन्द्र्रिय सदस्य एवं सभासद रविन्द्र अधिकारी, केन्द्र्रिय सदस्य एवं सिता गिरी ओली, अनेमसंघ केन्द्रिय उपाध्यक्ष टुका हमाल, केन्द्रिय सचिव सिर्जना शर्मा, कास्की सचिव सुशीला पराजुली, कोषाध्यक्ष मञ्जु गुरुङ्ग, लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

सम्मेलनले नयाँ नेतृत्व चयन समेत गर्नेछ ।