स्याङ्जा सहयोग समाज स्पेनको प्रेस बिज्ञप्ति


स्पेनमा रहेका नेपाली बालबालीकाहरुको प्रतिभालाई समुदाय माझ पुर्याउनको लागि यही अप्रिल ५ तारिक स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा प्रथम बुद्द जयन्ती कप फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

समाजले आयोजना गरेको प्रतियोगतामा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन सघाउनु हुने स्पेन स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

बिजेता स्याङ्जा सहयोग समाज स्पेन,उपविजेता कास्की सेबा समाज स्पेन,उत्कृष्ट खेलाडी आजीव कार्की र अनुशासित खेलाडी निकित पोख्ररेललाई हार्दिक बधाई तथा शुभ-कामना ब्यक्त गर्दछौ।

साथै अन्य सहभागी समुहहरु नेपाली पाठशाला,तमु समाजलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दैछौ।

साथै खेल सम्पन्न गर्न सघाउने रेफ्री कुशल डुम्रे प्रतियोगितालाई सम्पन्न गर्न आबश्यक समाग्री उपलब्ध गराई सघाउने सहयोगी मनहरु,प्रमुख अतिथि,बिशेष अतिथि,अतिथि,अहोरात्र खटिनुभएका कार्यसमितिका सदस्यहरु,खेलप्रेमी दर्शक,अभिभाबकहरु,पत्रकारहरु लगायत स्पेनबासि नेपाली समुदायलाई बिशेष धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छौ।

सचिब
सुनिल रानाभाट
स्याङ्जा सहयोग समाज स्पेन

नेपालीनेपाली डटकमलाई समाजले उपलब्ध गराएका केहि तस्बिरहरु

11094699_787228624701341_550160174_n11099653_787228578034679_1529311915_o11146054_787228594701344_1920778009_n11147926_787228561368014_986825820_o