रियलका लागि क्रिष्टियानो रोनाल्डोको ३०० औं गोल


काठमाडौं /

क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि ३०० औं गोल गरेका छन् ।
स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई २–० ले पराजित गर्दा एक गोल रोनाल्डोले गरे ।

पहिलो हाफमा रियल मड्रिडका गोलरक्षक इकर कासियासले केही उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको ६८ औं मिनेटमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो । रोनाल्डोको यो २८८ खेलमा ३०० औं गोल थियो ।

उनले डिबक्स भित्रबाट १४६ गोल, ४१ हेड ,डिबक्स बाहिरबाट ४६ र पेनाल्टीबाट ५५गोल गरेका छन्  ।

खेलको ७३ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भयो ।
जितपछि रियल मड्रिड ३० खेलबाट ७० अंकका साथ दोस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना भन्दा अझै ४ अंकले पछाडि छ ।