सोया दाहालको परिवारलाई क्षतिपूर्ति दिन नेपाल सरकारसँग माग


कतार / सडक दुर्घटनामा परी मृत्यु भएकी गैरअावासीय नेपाली संघ (एनआरएनए) कतारका सक्रिय सदस्य सोया दाहालको परिवारलार्इ क्षतिपूर्ति दिन एनआरएन कतारले नेपाल सरकारसँग माग गरेको छ ।

कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रिय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी मङ्गलबार काठमाडौँमा निधन भएको थियो । सोमबार साँझ टिपरकाे ठक्करबाट घाइते साेयाकाे वीर अस्पतालमा निधन भएको थियो ।

सोया एनआरएन एएनसी कतारका कार्यसमिति सदस्य, दाङ देउखुरी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार एवम् नेपाली महिला समाजको सल्लाहकार पनि थिइन् ।
कतारमा स्थानीय कम्पनीमा कार्यरत दाहाल बिदामा घर गइ बुधवार कतार फर्किने हवाई टिकट थियो । श्रम स्वीकृति लिई फर्किने क्रममा उनी चढेको मोटरसाइकललार्इ ट्रिपरले ठक्कर दिएको थियो ।

घटनाका दोषीलाई कानूनी दायरामा ल्याउनाका साथै आफूहरुलाई उचित क्षतिपूर्ति प्रदान नगरिएसम्म शव नउठाउने भनी पीडित परिवार तथा आफन्तले धर्ना दिँदैआएका छन् ।