नेपालीनेपाली डटकमको बार्षिकउत्सवका लागि तयारी समिति गठन


बार्सिलोना/
छोटो समयमा नै लोकप्रिय बन्न सफल नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिक उत्सव मनाउनको लागि तयारी समिति गठन गरेको छ।

प्रधान सम्पादक वसन्त रानाभाट संयोजक र सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल सह- संयोजक रहने गरी तयारी समिति गठन गरेको हो।
“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकम नामले परिचित अनलाईन मिडियाले बार्सिलोनामा बिबिध सास्कृतिक कार्यक्रम,”बर्ष व्यक्तित्व सम्मान” भिडियो प्रदशनी लगायतका कार्यक्रम सहित बार्षिक उत्सब मनाउने तयारी गरेको हो।

कार्यक्रम सम्पन्न गर्नको लागि बिभिन्न तयारी उपसमितिहरु पनि गठन गरेको छ। बिभिन्न संघसस्थाका प्रतिनिधिहरु उपसमितिहरुमा रहेर मिडियाको कार्यक्रमलाई सफल पार्नको सघाएका छन्।

सास्कृतिक तथा मनोरन्जन उपसमितिको संयोजकमा हेमन्तरानाभाट, उपसंयोजक सुनिल रानाभाट,मन्च ब्यबस्थापन तथा ब्याच बितरणको लागि संयोजक शितल भुर्तेल भुसाल, उपसंयोजक शर्मिला सुबेदी,प्राबधिक तथा सम्पादन उपसमितिमा संयोजक लक्ष्मण शर्मा र उपसंयोजकको जिम्मेबारी नरेश कार्कीले लिएका छन्।

यस्तै प्रचारप्रसार उपसमिति संयोजकमा बिशाल ढुंगाना, उपसंयोजक हिरालाल सापकोटा ‘डायमण्ड’ र स्वयंसेवक परिचालन उपसमितिमा संयोजक महेन्द्र चापागाई,उपसंयोजक हिमाल शर्मालाई जिम्मेबारी बाडफाड गरिएको छ।

यस्तै तयारी सुझाब समितिमा गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरी संयोजक रहने गरि स्पेन स्थित सम्पुर्ण संघसस्थाका अध्यक्षहरुलाई सदस्यमा रही सुझाब दिन मिडियाले अनुरोध गर्ने भएको छ।

आगामी मे ३ तारिक बार्सिलोनामा आयोजना गरिने कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागि गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन लगायत संघसस्थाहरुलाई पत्राचार गर्दै सहयोग गर्न अपिल गरेको छ।

नेपालीनेपाली डटकम बर्ष व्यक्तित्व सम्मानका छनोट समिति गठन

नेपालीनेपाली डटकमले हरेक बर्ष आफ्नो बार्षिक उत्सबको अवसर पार्दै नेपाली समुदायलाई योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।

एनआरएनए, बिभिन्न संघ सस्थाबाट १ जना र कलाकारहरुबाट १ जना जनालाई छनोट गरिने भएको छ। साथै नेपाली समुदायलाई योगदान पुर्याउने एक जना स्पेनिस नागरिकलाई पनि योगदानको कदर गर्दै सम्मान गर्ने तयारी गरेको नेपालीनेपाली डटकमले जनाएको छ।

सम्मानित व्यक्तित्वको जीवनी सहित भिडियो तयार गरिने भएको छ। छनोटका लागि गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल,नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिब प्रकाश ढकाल र प्रधान सम्पादक पदेन सदस्य रहने गरि छनोट समिति गठन भएको छ।

थुप्रै संघसस्थाहरुले आ- आफ्नो ठाउबाट योगदान दिदै नेपाली समुदायलाई सहयोग पुर्याई रहेको परिपेक्षमा २ जनालाई मात्र छनोट गर्दा केहि अप्ठारो जस्तो देखिने भए पनि हरेक बर्ष सम्मान कार्यक्रम राख्दा अझ काम गर्ने हौसला बढोस् भन्दै यस्ता कार्यक्रमको आयोजना गरिएको नेपालीनेपाली डटकमले जनाएको छ।

कलाकारहरुको सास्कृतिक प्रस्तुती राखिने

नेपाली कलाकारहरुको बारेमा लेख्दै आएको मिडियाले बार्षिक उत्सबको संघारमा उनै कलाकारहरुका प्रस्तुतीहरुलाई मंचमा उतार्ने तयारी गरेको छ।

बार्षिकउत्सवका लागि कलाकारहरु सँग छुट्टै छलफल गर्दै कार्यक्रमको परिवेश अनुसार गित संगीतमा तयारी गरिदिन अनुरोध गरिने भएको हो । कार्यक्रममा गायन,नृत्य,हास्यव्यंग लगायतका सामग्री प्रस्तुत गरिने भएको छ।

बार्षिक गितिबिधिहरुको भिडियो तयारी गरिदै

नेपाली नेपाली डटकमले बर्ष भरी आफुले गरेका गतिबिधिहरुलाई समुदाय माझ भिडियो तयार गरि देखाउने भएको छ। केहि परोपकारी कामहरु लगायत पाठकले सबै भन्दा बढी रुचाइएका समाचारका झलकहरुलाई देखाउदै बर्ष भरी गरेको कामलाई सम्झना गर्ने भएको छ।

देश विदेशबाट पाप्त शुभकामनाहरु प्रस्तुत गरिने

एक बर्ष पुरा गर्न लागेको अवसरमा नेपाल पत्रकार महासंघ,बेलायत शाखा,युरोप शाखा,बिभिन्न राजनीतिक दलका नेताहरु,एनआरएनका अभिन्यताहरु,कलाकार,पेशागतसंगठन,मानबअधिकारकर्मी,समाजसेबीहरु लगायतले दिएको शुभकामनालाई पनि प्रस्तुत गरिने भएको छ। साथमा बिभिन्न देशहरुबाट हाम्रा पाठक,शुभ चिन्तकहरुले पठाएका सल्लाह सुझाबहरुलाई मनन गर्दै जस्ताको तस्तै प्रस्तुत गरिने भएको छ।

कार्यक्रम हुने हल सिसिलिया

नेपालीहरुले प्राय: कार्यक्रम गर्दै आएको काईया सिसिलियाको हलमा कार्यक्रम हुने नेपालीनेपाली डटकमले जनाएको छ। मे ३ तारिक आईतबारको लागि अपरान्ह ४ बजे देखि राति १२ बजे सम्मको लागि हल बुक गरिएको छ।

क) मूल आयोजक समिति
संयोजक – प्रधानसम्पादक
सह-संयोजक – सम्पादक

ख) ,”बर्ष व्यक्तित्व सम्मान” छनोट समिति
१) दिपक खरेल ( आईसीसी सदस्य)
२) प्रकाश ढकाल ( महासचिब,नेपाल पत्रकार महासंघ युरोप शाखा)
३ ) प्रधानसम्पादक (पदेन) सदस्य

बिभिन्न उपसमितिहरु-
१) आर्थिक समिति
– बसन्त रानाभाट,प्रकाश ढकाल र लक्ष्मण शर्मा

२) सास्कृतिक तथा मनोरन्जन उपसमिति ( नृत्य/गायन/ कमिडी )
संयोजक– हेमन्त रानाभाट
उप संयोजक– सुनिल रानाभाट

३) तयारी सुझाब समिति-
एनआरएनएन स्पेनका अध्यक्ष संयोजक रहने गरि बिभिन्न संघसस्थाका अध्यक्षहरु ( नोट:- अनुरोध गरिने)

४) प्राबिधिक तथा सम्पादन उपसमिति ( भिडियो/फोटो/ प्रमाणपत्र/ सम्मानपत्र, अतिथि ब्याच/ ब्यानर )

संयोजक- लक्ष्मण शर्मा
उप संयोजक- नरेश कार्की

५) मंच ब्यबस्थापन/ ब्याच बितरण

संयोजक – शितल भुर्तेल भुसाल
उपसंयोजक- शर्मिला सुबेदी

६) प्रचारप्रसार उप समिति ( नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति गराउने उदेश्य अनुरुप)

संयोजक – बिशाल ढुंगाना
उपसंयोजक- हिरालाल सापकोटा, डायमण्ड

७ ) स्वयंसेवक परिचालन उपसमिति
संयोजक- महेन्द्र चापागाई
उपसंयोजक– हिमाल शर्मा