कोपनहेगनमा यसरी मनाइदै छ नयाँ वर्ष


दुइ वटा कार्यक्रम हुँदै

कोपनहेगन/ नेपाली नयाँ वर्ष २०७२ आउन धेरै दिन बाँकी छैन । र यो नयाँ वर्षलाई स्वागत गर्न विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरु पनि प्रतीक्षारत रहेका छन् । समय अनुकुल नयाँ वर्षकै दिन नभए वरिपरिको दिन पारेर विदेशमा रहेका नेपालीहरुले नयाँ वर्ष मनाउने गर्दछन ।

अघिल्लो वर्षहरु जस्तै यो वर्ष पनि डेनमार्कमा रहेका नेपालीहरुले नयाँ वर्ष मनाउदै छन् । यो वर्ष पनि पनि कोपनहेगनमा रहेका केहि महिला तथा युवतीहरुको समुह कोपनहेगन नेपलिज गर्ल युनियनले ‘नेपाल नाच्छ’ नाम दिएर नयाँ वर्ष पार्टीको आयोजना गर्दै छन् । उनीहरुले फेसबुकमा इभेन्ट बनाएर नेपालीहरुलाई नयाँ वर्ष पार्टीमा सामेल हुन् अनुरोध समेत गरेका छन् । पार्टी आयोजना गर्ने उक्त समुहकी प्रिन्सा प्रजापतीले बताए अनुसार नयाँ वर्ष मनाउन सबै नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई आव्हान गरिएको र यो पटक पनि कार्यक्रम सफल हुनेमा उनले विश्वास व्यक्त गरिन ।  नेपाल नाच्छ भन्ने एउटा नेपाललाइ चिनाउने कन्सेप्ट अर्थात विचार भएको र यो विश्वका धेरै देशमा बस्ने नेपालीहरुले नेपाली नयाँ वर्षको दिनमा डान्स पार्टी सहित मनाउने गर्ने यस कार्यक्रमकी निर्देशक देवश्री कोइरालाले बताइन । नेपाली नयाँ वर्षकै दिन नेपाल नाच्छ भन्ने कार्यक्रम अमेरिका, अष्ट्रेलिया लगायतका देशमा पनि हुने गर्दछ । भविश्यमा यो बृहत कार्यक्रम बन्ने समेत देखिन्छ । निम्न बमोजिमको स्थान र मितिमा सहभागी हुन् उक्त समुहले आव्हान गरेको छ ।

Date: April 11, 2015

Honey Ryder Cocktail Lounge

Løngangstræde 27, 1468 København
Time: 19:00

यसै गरी अर्को कार्यक्रमको आयोजना नेपलिज स्ट्रिट फेस्टिभल फाउन्डेसनले आयोजना गर्दै छ । आगामी १४ अप्रिल मंगलबारका दिन अर्थात बैशाख १ गते, २०७२ नयाँ वर्षको पहिलो दिनमा कोपनहेगनको खुल्ला सडकमा नेपाली कला, खाना र हस्तकलाका समाग्रीहरुको प्रदर्शनी तथा विक्री सहितको पारिवारिक पिकनिक  कार्यक्रम आयोजना गरिएको उक्त फाउन्डेसनका अध्यक्ष पूर्ण बन्धनले बताए । उनले जानकारी दिए अनुसार उक्त कार्यक्रममा विशुद्ध नेपाली नृत्य, गायन तथा वाध्यवादन प्रस्तुति हुने छ ।

उक्त कार्यक्रममा प्रस्तुति दिने हरेक कलाकारलाई निजको कलाको सम्मान स्वरुप केहि पारिश्रमिक पनि दिइने उनले बताए । नेपालीको पनि आफनै नयाँ वर्ष हुने कुरा पनि विदेशीहरुलाई जानकारी दिने उधेश्य अनुसार नयाँ वर्ष लाई कोपनहेगनको सडकमा तामझाम साथ् मनाउन लागिएको उनले बताए । निम्न बमोजिमको स्थान र मितिमा यस कार्यक्रम रहनेछ ।

Date: 14 April, 2015

Gammeltorv

Vester gade København

Time: 15:00