‘सुनकलीलाई तेस्रो अन्तर्राष्ट्रिय अवार्ड 


मुगुकी ग्रामीण किशोरीहरुको फुटबल टिममाथि निर्माण गरिएको डकुमेण्ट्री ‘सुनकली’ले टोरन्टो नेपाली फिल्म फेस्टिबल (टिएनएफएफ) मा अडियन्स च्वाइस अवार्ड हात पारेको छ ।

नेपालीपत्र डटकमका सम्पादक भोजराज भाटले निर्देशन गरेको सुनकलीले अवार्डसँगै १ हजार डलर पुरस्कार समेत हात पारेको छ ।

उक्त फिल्म फेस्टिबलले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘एक हजार डलरको अडियन्स च्वाइस अवार्डका लागि भोजराज भाटको सुनकलीलाई बधाई छ ।’

सुनकलीले यसअघि स्लोभानियाको सम्पन्न माउण्टेन फिल्म फेस्टिबलमा नेचर तथा कल्चर विधामा जुरी अवार्ड जितेको थियो । काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिबल (किम्फ)मा जुरी तथा इसिमोड अवार्ड हात पारेको थियो ।