पक्की भान्सा घर बनाउने अभियानमा करिब १५ सय युरो संकलन,सहयोगको क्रम जारी


बार्सिलोना/
काभ्रे खरेलथोक-४ स्थित सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा पक्की भान्छा कोठा बनाउनको लागि स्पेनबाट शुरु गरिएको रकम संकलन अभियानमा अहिले सम्म १ हजार ४ सय ७२ युरो संकलन भएको छ।

पछिल्लो क्रममा राजु गुरुङले २० युरो ,रबी राज तिम्सिना २० युरो ,श्रीराम चन्द्र भट्ट २० युरो ,महेन्द्र चापागाई २० युरो र राजेन्द्र तिमिल्सिनाले २० युरो सहयोग गरेका छन्।
गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन तथा नेपालीनेपाली डटकमको सहकार्यमा रकम संकलन कार्य शुरु गरिएको हो। रकम संकलन कार्य जारी रहेको छ।

पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरु र भान्साघरको अबस्था देखे पछि सहयोगको लहर नै चलेको छ। स्पेन बाहेक संयुक्त राज्य अमेरिका र फिनल्याण्डमा रहेका नेपालीहरुले पनि सहयोग पठाएका छन्।
पुनर्स्थापना केन्द्रमा काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, धादिङ, मोरङ, धनुषा डोटी लगायतका जिल्लाहरुबाट गरि २२ जना छात्र छात्राहरुले आश्रय लिदै आएका छन् ।

खाना बनाउनको लागि बासले बारेको भान्सा कोठा रहेकोले त्यसलाई पक्की बनाउन सके केन्द्र संचालन गर्न सहज हुने भन्दै स्पैनबाट पहल गरिएको हो।

पुनर्स्थापना केन्द्रमा पुगेर अवलोकन गरि स्पेन फर्किएका अन्तरास्ट्रिय समन्वय परिषद सदस्य दिपक खरेलको संयोजकत्वमा ९ सदस्यीय सहयोग समिति गठन गरिएको छ।

संयोजक खरेल आफु नेपाल गएको बेला पुनर्स्थापना केन्द्रको अवोलकन गरेको र तत्काललाई पक्की भान्सा कोठा बनाउन जरुरी देखिएकोले स्पेनबाट पहल गरिएको बताए। उनले भने, ” जंगलको छेउमा रहेको केन्द्रमा पर्खाल लगाउन पनि जरुरी देखिन्छ तर अहिलेलाई भान्सा कोठा नै महत्वपूर्ण देखियो,यस कार्यमा सहयोग पुर्याउन सबैलाई अनुरोध गर्दछु।”

सहयोग समतिका उपसंयोजक तथा संघका अध्यक्ष एकराज गिरीले परोपकारी काममा साथ दिन स्पेन स्थित संघसस्थाहरुलाई अनुरोध गरेका छन्।

खरेलथोक स्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशक देखि केन्द्र संचालनमा आएको छ।

यस्तै नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले बोल्न, हिँड्न, पढ्न र जीवन बाँच्न सिकाउदै आएका पुनर्स्थापना केन्द्रका सहयोगीहरुको कार्य अतिनै मनछुने रहेकोले स्पेनबाट मात्र नभई बाहिरबाट सहयोग आउने अपेक्षा राखेको बताए ।

खरेलथोक स्थित भगवती उच्च माविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्र’की शिक्षिका सुधा सिलवालको बिशेष पहलमा एक दशक देखि केन्द्र संचालनमा आएको छ।

नेपालीनेपाली डटकमले तयार पारेको भिडियो रिपोर्ट

अहिले सम्म सहयोग गर्ने सहयोग दाताहरुको नामावली

मनिष ढकाल (अमेरिका) – ३०१ डलर (करिब २७५ युरो)
दिलनाथ भण्डारी – १०५ युरो
दिपक खरेल – १०१ युरो
एकराज गिरी – १०१ युरो
दिपेन्द्र आचार्य – १०१ युरो
देबी सुबेदी – ५१ युरो
राम प्रसाद मैनाली – ५१ युरो
दिनेश गुरुङ – ५१ युरो
हेम शेर्पा – ५१ युरो
तारानाथ डल्लाकोटी – ५१ युरो
दिपक गौतम – ५१ युरो
नारायण लामिछाने – ५१ युरो
प्रमोद लामिछाने – ५१ युरो
श्रवण खनाल (फिनल्याण्ड)- ५० युरो
सन्दिप मोहोन भट्टराई – ५० युरो
गौतम गुरुङ – ३१ युरो
सन्त बहादुर क्षेत्री -२५ युरो
गल्कोट समाज स्पेन – २० युरो
बसन्त रानाभाट – २० युरो
लक्ष्मण शर्मा – २० युरो

राजु गुरुङ – २० युरो
रबी राज तिम्सिना -२० युरो
श्री राम चन्द्र भट्ट -२० युरो
महेन्द्र चापागाई – २० युरो
राजेन्द्र तिमिल्सिना – २० युरो

बिष्णु रिजाल – १५ युरो
सुबास बहादुर बिष्ट – १० युरो
तुलसी शिवाकोटी – १० युरो
भुपेन श्रेष्ठ – १० युरो
हेम पाण्डे – १० युरो
दिनेश राज रेग्मी – १० युरो