नेपाली जनसम्पर्क समिति स्पेनको अन्तरक्रिया कार्यक्रम बारे सुचना


नेपाली जनसम्पर्क समिति स्पेनको निमन्त्रणामा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा माननीय सभासद श्री धनराज गुरुङ ज्युको उपस्थितिमा बार्सिलोनामा अन्तरक्रिया कार्यक्रम हुन लागेको यस अघि नै प्रकाशमा आईसकेको छ।

देश संबिधान निर्माणको क्रममा जुटिरहेको बेला संबिधान सभाका माननीय सभासद ज्यु कै उपस्थितिमा स्पेनबासी नेपाली समुदायसँग अन्तक्रिया गर्न लागिएकोले स्पेन स्थित नेपाली संघसस्थाका प्रतिनिधिहरु,पत्रकार लगायत सर्बसाधारणलाई निम्न स्थान र मितिमा उपस्थितिको लागि अनुरोध गर्दछौ।

साथै अन्तरक्रिया कार्यक्रम पछि कार्यकर्ता प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएकोले जनसम्पर्क समिति प्रति आस्थावान एबं कार्यसमितिका सदस्यहरु,भूपू अध्यक्षहरु सल्लाहकारहरु लगायत पुराना कार्यसमितिका सम्पूर्ण सदस्यलाई अनिबार्य उपस्थित भई कार्यक्रम सफल पारिदिन अनुरोध गर्दछु ।

मिति – १ अप्रिल, २०१५ स्थान- हिमाली रेस्टुरेन्ट C/ Mila I fontanals 60-68 (L4 jonic ,L4L5 verdaguer) समय – अपरान्ह ४ बजे

अध्यक्ष
शालिकराम डुम्रे
नेपाली जनसम्पर्क समिति स्पेन