नेपालीनेपाली डटकम पहिलो बार्षिकउत्सव मनाउने तयारीमा


बार्सिलोना/
छोटो समयमा नै लोकप्रिय बन्न सफल नेपालीनेपाली डटकमले आफ्नो पहिलो बार्षिक उत्सव बार्सिलोनामा मनाउने तयारी गरेको छ।
“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकम नामले परिचित अनलाईन मिडियाले बिबिध सास्कृतिक कार्यक्रम एबं व्यक्तित्व सम्मान सहित बार्षिक उत्सब मनाउने तयारी गरेको हो।

आगामी मे ३ तारिक बार्सिलोनामा आयोजना गरिने कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागि गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन लगायत संघसस्थाहरुलाई पत्राचार गर्दै सहयोग गर्न अपिल गर्ने भएको छ।  बार्षिक उत्सब तयारीको लागि आगामी हप्ता मूल आयोजक समिति तथा बिभिन्न उपसमितिहरु गठन गर्ने भएको छ।

नेपालीनेपाली डटकम बर्ष व्यक्तित्व सम्मान

नेपालीनेपाली डटकमले हरेक बर्ष आफ्नो बार्षिक उत्सबको अवसर पार्दै नेपाली समुदायलाई योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ।

एनआरएनए, बिभिन्न संघ सस्थाबाट १ जना र कलाकारहरुबाट १ जना गरि २ जनालाई योगदानको कदर गर्दै सम्मान गर्ने भएको हो।

यसका लागि बन्ने छनोट समितिको निर्णयको आधारमा व्यक्तित्व छनोट गरिने नेपालीनेपाली डटकमले जनाएको छ। सम्मानित व्यक्तित्वको जीवनी तयार गरि समुदाय माझ देखाउने तयारी समेत गरेको छ।

कलाकारहरुको सास्कृतिक प्रस्तुती राखिने

नेपाली कलाकारहरुको बारेमा लेख्दै आएको मिडियाले बार्षिक उत्सबको संघारमा उनै कलाकारहरुका प्रस्तुतीहरुलाई मंचमा उतार्ने तयारी गरेको छ।

बार्षिकउत्सवका लागि कलाकारहरु सँग छुट्टै छलफल गर्दै कार्यक्रमको परिवेश अनुसार गित संगीतमा तयारी गरिदिन अनुरोध गरिने भएको हो । कार्यक्रममा गायन,नृत्य,हास्यव्यंग लगायतका सामग्री प्रस्तुत गरिने भएको छ।

बिज्ञापन/प्रायोजकको लागि प्रपोजल तयारी

कार्यक्रम सम्पन्न गर्नको लागि बिज्ञापन तथा प्रायोजकहरुको प्रपोजलको तयारी गरिएको छ। नेपालीनेपाली डटकमका सम्पादक प्रकाश ढकालले अब केहि दिन भित्रमा नै प्रपोजल तयारी हुने जनाएका छन्।

उनले भने,”हामीले साईटलाई युरोप केन्द्रित बनाउने तयारी गरिरहेका छौ तसर्थ कार्यक्रम गर्नको लागि युरोपमा व्यपार ब्यबसाय गर्ने नेपाली ब्यबसायीहरुलाई नै अनुरोध गर्दछौ। आशा छ मिडियालाई सहयोग आउने छ।”

बार्षिक गितिबिधिहरुको भिडियो तयारी गरिदै

नेपाली नेपाली डटकमले बर्ष भरी आफुले गरेका गतिबिधिहरुलाई समुदाय माझ भिडियो तयार गरि देखाउने भएको छ। केहि परोपकारी कामहरु लगायत पाठकले सबै भन्दा बढी रुचाइएका समाचारका झलकहरुलाई देखाउदै बर्ष भरी गरेको कामलाई सम्झना गर्ने भएको छ।

देश विदेशबाट पाप्त शुभकामनाहरु प्रस्तुत गरिने

एक बर्ष पुरा गर्न लागेको अवसरमा नेपाल पत्रकार महासंघ,बेलायत शाखा,युरोप शाखा,बिभिन्न राजनीतिक दलका नेताहरु,एनआरएनका अभिन्यताहरु,कलाकार,पेशागतसंगठन,मानबअधिकारकर्मी,समाजसेबीहरु लगायतले दिएको शुभकामनालाई पनि प्रस्तुत गरिने भएको छ। साथमा बिभिन्न देशहरुबाट हाम्रा पाठक,शुभ चिन्तकहरुले पठाएका सल्लाह सुझाबहरुलाई मनन गर्दै जस्ताको तस्तै प्रस्तुत गरिने भएको छ।

बार्षिक उत्सबको अवसर पारेर भिडियो कार्यक्रमको तयारी

नेपालीनेपाली डटकमले आफ्नो बार्षिकउत्सब सँगै “युरोप भित्रको कथा” नामक भिडीयो कार्यक्रमलाई उत्पादन गर्ने भएको छ। युरोपमा आएर बसेका नेपालीहरुको जीवन कथालाई समेटेर कार्यक्रम उत्पादन गर्न लागेको हो।

स्पेन डेनमार्क लगायत अन्य युरोपियन मुलुकमा रहेका नेपालीहरुका जीवन कथालाई कार्यक्रममा प्रस्तुत गरिने कार्यक्रम उत्पादन शाखाले जनाएको छ।

कार्यक्रम हुने हल सिसिलिया

नेपालीहरुले प्राय: कार्यक्रम गर्दै आएको काईया सिसिलियाको हलमा कार्यक्रम हुने नेपालीनेपाली डटकमले जनाएको छ। मे ३ तारिक आईतबारको लागि अपरान्ह ४ बजे देखि राति १२ बजे सम्मको लागि हल बुक गरिएको छ।