पोखराको न्युरोडमा आगोलागी, दुई पसल, ४ मोटरसाइकल जले, तीन घाईते


– सागर राज तिमिल्सिना

पोखरा/पोखराको न्यूरोडमा विद्युत सट भएर विहिबार विहान आगलागी हुँदा दुई पसल, ४ मोटरसाइक र एक एकेडेमी जलेका छन् । आगलागीमा परि तिन जना घाइते भएका छन् ।

डि आई पी सप्लासमा बिहान ७ बजे आगलागी हुदा संगै जोडिएको प्रतिउषा रंग हाउसको पसल, ईष्ट वेष्ट जापानिज ल्याङवेज ऐकेडेमी र चारवटा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगालगीमा परी तनहुँ दुलेगौडा घर भै पसल सञ्चालक गोबिन्द अधिकारी, उनिकी ५ वर्षिया छारी आयुष्का अधिकारी र लेखनाथ नगरपालिका गगनगौडा बस्ने प्रमिला गुरुङ घाइते भएका छन् । आगोलागीबाट करिब १ करोड ३२ लाखको क्षती भएको प्रहरीको अनुमान छ ।

new-road-ago-lagi-5

ईष्ट वेष्ट जापानिज ल्याङवेज ऐकेडेमी संचालक राम श्रेष्ठको मोटर साइकल ग६प २८७७ नम्बरको सिवि जेड मोटरसाईकल, एकेडेमीमा अध्ययन विद्यार्थीको ग७प १७३९ र ग७प १७३७ नम्बरको मोटरसाईकल र डिआईपी सप्लायर्स संचालक गोविन्द अधिकारीको ग९प ७७३३ नम्बरको डिस्कभर मोटरसाईकल जलेका छन् । अन्य २ वटा मोटरसाईकल पनि सामान्य क्षती पुगेको कास्की प्रहरी प्रमुख हरी बहादुर पालले जानकारी दिए ।

आगलागी झण्डै साढे एक घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । पोखरा उपमहानगरपालिकाको दुई दमलक, पानीका ट्क्ङकर, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियले आगो नियन्त्रणमा लिएका थिए । याम प्रसाद गुरुङको घरमा दुई बर्ष अघिदेखि अधिकारीले पसल सञ्चालन गरेका थिए भने प्रतिउषा रंग हाउसका सन्चालक शंकर राउतले ६ महिना अगाडी सन्चालन गरेका थिए ।

new-road-ago-lagi-4