स्वास्थ्य मन्त्री अधिकारी डेनमार्कमा


कोपनहेगन/ नेपाल सरकारका स्वास्थ्य मन्त्री खगराज अधिकारी डेनमार्कमा भै रहेको ‘गोवि’ सम्मेलनमा भाग लिन डेनमार्कमा रहेका छन् । सोहि अवसरमा एन आर एन तथा एन डी एफका प्रतिनिधीहरुले भेटघाट गरेका छन् ।

कोपनहेगनमा भएको ‘गोवि’ सम्मेलनमा नेपाल जस्ता विकासोन्मुख देशहरुको सहभागिता रहेको र उक्त कार्यक्रम युनिसेफ अन्तर्गतको बालबालिकालाइ दिइने खोप सम्बन्धी कार्यक्रम रहेको दुतावासका कन्सुलर तथा नियोग उप-प्रमुख राम काजी खड्काले बताए । नेपालले यहि कार्यक्रम मार्फत युनीसेफबाट सहयोग लिंदै आएकोले सम्मेलनमा भाग लिन मन्त्री स्तरीय सहभागिता भएको हुन सक्ने उनले बताए ।

मन्त्री अधिकारी संगै स्वास्थ्य मन्त्रालयका डा. कृष्ण पौडेल पनि रहेका छन् । डेनमार्कको सरकारी भ्रमणमा आएका मन्त्री अधिकारी संगको भेटघाटको कार्यक्रम नेपाली दुतावास कोपनहेगनले मिलाएको थियो । कोपनहेगन स्थित नेपाली दुतावासमा भएको भेटघाट कार्यक्रममा एन आर एन युरोप क्षत्रिय उप-संयोजक सोम नाथ सापकोटा, एन आर एन आइ सी सी सदस्य सुर्य प्रकाश खनाल, एन डी एफ डेनमार्कका अध्यक्ष कृष्ण पौडेल, एन आर एन युथ फोरमका लोकराज शर्मा लगायतको टोलीले युरोपमा रहेका नेपालीहरुको बारेमा जानकारी गराएको थियो भने मन्त्री अधिकारीले दक्ष नेपाली जनशक्तीको नेपालमा आवश्यक परेकोले एन आर एनले त्यसमा पहल गर्न सक्ने कुरा बताएको भेटघाटमा सहभागी एन आर एन युरोप क्षत्रिय उप-संयोजक सापकोटाले बताए ।