अर्थमन्त्री महत माथि ढुंगा प्रहार


पोखरा, चैत ११ गते

एनेकपा माओवादी निकटको बिद्यार्थी सँगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले पोखरामा अर्थमन्त्री डाक्टर रामशरण महत चढेको गाडीमा ढुंगा प्रहार गरेका छन् ।

मन्त्री महत चढेको गाडीलाइ कालो झण्डा देखाउने क्रममा पोखराको पृथ्बीनारायण क्याम्पसको गेट अगाडी ढुङ्गा प्रहार गरेका हुन् ।

त्यसक्रममा प्रहरीले केही बिद्यार्थीलाइ पक्राउ गरेपछि, त्यहाँ प्रहरी र बिद्यार्थीहरु बिच झडप भइरहेको छ । दुबै पक्षबाट ढुङ्गा हानाहान हुँदा पृथ्बीनारायण क्याम्पस गेट वरपरको क्षेत्र तनाबग्रस्त बनेको छ ।

अर्थमन्त्री कास्कीको सल्यानमा एक कृषि सम्बन्धी कार्यक्रममा सहभागी हुन जाने क्रममा उक्त बाटो हुँदै जाने क्रममा ढुंगा प्रहार गरिएको जनाइएको छ ।