काग्रेस नेता धनराज गुरुङ स्पेन आउने


बार्सिलोना/
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद धनराज गुरुङ स्पेन आउने भएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनको निमन्त्रणामा सभासद गुरुङ स्पेन आउन लागेका हुन्।
नेपाली जनसम्पर्क समिती पोर्चुगलको अधिबेशनलाई सम्बोधन गर्न युरोप आउन लागेका गुरुङलाई स्पेनमा आमन्त्रण गरी समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

बार्सिलोनामा अप्रिल १ तारिक हुन लागेको अन्तरक्रिया कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका अध्यक्ष शालिकराम डुम्रेले बताए।

नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै डुम्रेले भने,” देश संबिधान निर्माणको क्रममा जुटिरहेको बेला संबिधान सभाका सभासद कै उपस्थितिमा प्रबासी नेपालीहरुका सुझाब प्रस्तुत गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो।” काग्रेस केन्द्रिय प्रशिक्षक तथा युबा नेताले जनसम्पर्क समितिका सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको डुम्रेले जानकारी दिए।

काग्रेस युबा नेताहरु गगन थापा,अर्जुन प्रसाद जोशी युरोप आउने चर्चा चलिरहेको बेला नेता गुरुङले स्पेन स्थित नेपाली समुदाय माझ अन्तरक्रियामा सहभागी जनाउने लागेका हुन्।

कार्यक्रम बारे पूर्ण जानकारी
मिति – १ अप्रिल, २०१५
स्थान– हिमाली रेस्टुरेन्ट C/ Mila I fontanals 60-68 (L4 jonic ,L4L5 verdaguer)
समय – अपरान्ह ४ बजे