एनआरएनए युवा फोरम स्पेनको प्रेस बिज्ञप्ति


                                                             प्रेस बिज्ञप्ति 

गैर आवासीय नेपाली संघ स्पेन स्थित युबा फोरमको पहिलो बैठक मार्च महिनाको २४ तारिक मंगलबार बार्सिलोना स्थित हिमाली रेस्टुरेन्टमा सपन्न भयो। बैठकमा उस्थित सबै युबाहरुले आ आफ्नो परिचय तथा स्पेनमा युबाहरुले भोगेका समस्याहरुको बारेमा चर्चा परिचर्चा गरेका थिए। साथै आगामी दिनमा फोरमलाई अझ सक्रिय रुपमा अगाडी बढाउन सुझाब दिएका थिए।  फोरम संयोजक लक्ष्मण शर्माको अध्यक्षतामा सम्पन्न बैठकले निम्न अनुसारका निर्णयहरु गरेको छ। 

१) युबा फोरम स्पेनले आगामी गतिविधिहरुलाई ब्यापक रुपमा अगाडी बढाउने निर्णय गर्दै छलफल तथा बैठकलाई अझ प्रभावकारी रुपमा राख्दै लैजाने निर्णय गरेको छ। जसका लागि
तत्कालिन रुपमा स्पेनमा रहेका युवाहरुको समस्या ,भोगाई ,अनुभबहरु बाट  एक अर्कामा पाठ सिकिने हुदा स्पेन स्थित नेपाली मिडियाहरु संग समन्वय गरि एन आरएनए स्पेन युबा फोरमले चेतनामुलुक कार्यक्रमहरु ल्याउन पहल गर्ने जसका लागि लक्ष्मण शर्मा संयोजक रहने गरि उपसमिति गठन गरेको छ।
२) एनआरएनए स्पेनको युवा फोरमले निरन्तर रुपमा एनआएनए रास्ट्रिय समन्वय परिषद संग सहकार्य गर्दै बर्तमान अबस्थामा स्पेन स्थित नेपालीहरुमा बिशेष गरि युबाहरुले राहदानी बनाउने क्रममा भोगेको समस्याहरुलाई निराकरण गर्नको लागि दुताबास सँग समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
३) आगामी बैठकमा अझ बढी युवाहरुको सहभागिता जनाउने गरि बैठक राख्ने निर्णय गर्दै गैर आवासीय नेपाली संघको आठौ युरोपियन क्षेत्रीय बैठक तथा छैटौ महिला सम्मेलनमा स्पेनका युबाहरुको सहभागिता र भूमिका बारे बृहत छलफल गर्ने निर्णय गरेको छ।
लक्ष्मण शर्मा 
संयोजक 
एनआरएनए युवा फोरम स्पेन