कांग्रेस युवा नेता गगन थापा पोर्चुगल आउने


– विनोद घिमिरे
लिस्वन/ नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिबेशनमा सहभागी हुन नेपाली कांग्रेस का चर्चित युवा नेताहरु लिस्वन आउने भएका छन l

नेपाली कांग्रेसका युवा नेता केन्दिय सदस्य एवं प्रशिक्षक धनराज गुरुङ , लोकप्रिय  युवा नेता गगन कुमार थापा र जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन प्रसाद जोशी पोर्चुगल आउने निश्चित भएको बताईएको छ l

अधिवेशनमा भाग लिन युरोपका विभिन्न देशका जनसम्पर्क समितिका अध्यक्ष, पदाधिकारी, निवर्तमान पदाधिकारीहरुको समेत सहभागिता रहने समितिले जनाएको छl २९ मार्चका लागी तय गरिएको महाधिवेशनमा भाग लिन कांग्रेसजनहरु लिस्वन आउन लागेका हुन् l

सन् २००६ मा स्थापित जनसम्पर्क समिति पोर्चुगलको नियम कानुन अनुसार दर्ता गरिएको एक अग्रणी संस्था हो l सांगठनिक तथा संख्यात्मक दृष्टिकोणले समेत बलियो मानिएको यस संस्थाको नयाँ नेतृत्व के कस्तो हुने भन्ने चासो पोर्चुगलका आम नेपाली माझ रहेको छ l

यसअघि समितिले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमहरुमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सुजाता कोइराला, आरजु देउवा, प्रकाशशरण महत, अर्जुन जोशी लगायतका नेताहरुले सहभागिता जनाईसकेका छन् l

सन् २००६ को संथापना काल देखि २ कार्यकाल संस्थापक अध्यक्ष पूर्ण हमाल र तेस्रो अधिवेशन मार्फत लक्ष्मि प्रसाद सापकोटाले समितिको नेतृत्व गर्दै आएका छन् l हालसम्मका दुवै नेताहरुले यसअघि गैर आवाशीय नेपाली संघ पोर्चुगलको नेतृत्व समेत सम्हालिसकेका छन l

फाईल तस्बिर:-जनसम्पर्क समन्वय बिभाग प्रमुख अर्जुन जोशी रेडियो स्पेननेपालमा अन्तरबार्ता दिदै10645118_833817336652428_134832430518810129_n

पोर्चुगल कांग्रेसको नेतृत्वको लागी बर्तमान उपाध्यक्ष, महामन्त्री, पूर्व उपाध्यक्ष तथा सल्लाहकार समेत आकांक्षी देखिएता पनि बर्तमान अध्यक्ष सापकोटालाई नै निरन्तरता दिईने सम्भावनालाई भने नकार्न सकिदैन l त्यस्तै अध्यक्ष बाहेकका पदाधिकारीहरुको लागी पनि आकांक्षीहरु त्यतिकै उत्साहित रहेको देखिन्छ l अधिवेशनमा स्थानिय कलाकारहरुद्धारा बिशेष सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ l

 

dhanraj1नेपाली कांग्रेसका युवा नेता, केन्दिय सदस्य  धनराज गुरुङ