यी हुन् एसिड आक्रमणकारी, पत्रकार सम्मेलनमै ढले


काठमाडौं / बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

रामेछापको फुलासी गाविस ८ घर भएका जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीद्वारा अायोजित पत्रकार सम्मेलनमै बेहोस भएर ढलेका छन्

आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्‍यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

महानगरीय प्रहरी प्रभाग (मेट्रो) प्रवक्ता नारायण सिंह खड्काका अनुसार हनुमान ढोका प्रहरीले काठमाडौंको टोखाबाट बिकलाई समातेर काठमाडौं प्रहरीलाई बुझाएको हो। महानगरीय आयुक्तको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपी सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका एसएसपी पुस्कर कार्कीका अनुसार हिजो राति ११ः ४५ बजे पक्राउ गरेको हो। कार्कीका अनुसार बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने ब्यक्ति हुन्।bika in mask

यसअघि प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो। पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केच बनाएको थियो।

प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो।

जीवनले प्रहरीसँगको बयानमा आक्रमण गर्नुअघि नै एक दिन पक्राउ परिन्छ भन्ने लागेको बताए । तर, संगीतालाई एसिड हानेको दिन आफूलाई सबैभन्दा आनन्द लागेको उनले बयान दिएका छन् ।bika4

‘मैले किन प्रहरीमा आत्मसमर्पण नगरेको भनेर सोधेको थिएँ’ एआइजी विज्ञान राज शर्माले भने-‘उसले अरु २/३ जनालाई सिध्याउन बाँकी थियो भन्यो ।’ जीवनका साथबाट प्रहरीले एसिड आक्रमणपछि विभिन्न पत्रपत्रिकामा आएका समाचारहरु समेत बरामद गरेको छ । प्रहरीका अनुसार जीवनले एसिड आक्रमणबारे भारतीय टीभी च्यानलहरुबाट थाहा पाएको बताएका थिए ।

faint

तर, एसिड आक्रमणपछि भएको चर्चापछि मात्र यो यति ठूलो विषय रहेछ भन्ने थाहा भएको बयानसमेत बिकले प्रहरी अधिकारीसमक्ष दिएका छन् । पक्राउ परेका बिकले संगीयतासँग प्रेम रहेको दाबी गरे पनि संगीताले भने आफूले उनीसँग प्रेम नगरेको बताउँदै आएकी छन्

behos