जनवरीमा मात्रै कतारमा २७ नेपालीको मृत्यु,एक नेपालीको शब ३१ महिना देखि अलपत्र


३१ महिनादेखि कतारमा नेपालीको शव अलपत्र
दोहा (कतार)/ पहिचान नखुलेपछि ३१ महिनादेखि एक नेपाली कामदारको शब यहाँ अलपत्र परेको छ । ती कामदारको सन् २०१२ अगस्ट २७ मा मृत्यु भएको थियो । अस्पतालमा ती कामदारलार्य ‘उत्तमलाल महत्तो’को नाममा भर्ना भएको थियो । भर्ना भएको दुईदिनमा धेरैजसो अंगले काम नगरेपछि मृत्यु भएको हमाद अस्पतालले जनाएको छ । हमाद अस्पतालमा उनको दर्ता नम्बर ‘एचसि २७४४७२३’ छ ।

नेपाली दुताबासले मृतकको सही नाम र ठेगाना पत्ता लगाउन प्रयास गरेपनि सम्भब भए पनि नखुलेको जनाएको छ । दुताबासका एक अधिकारीका अनुसार सन् २०१४ मार्च ६ गते महोत्तरी जिल्ला प्रशासन कार्यालयलाई उत्तमलाल महत्तोको बस्ताबिक बुझ्न पत्र पठाएको थियो । स्थानीय प्रशासनले यसबारे जवाफ दिएको छैन् । महत्तो बिरामी भएपछि एक जना नेपाली डाइभरले भर्ना गर्न अस्पताल लिएर गएको थियो । तर त्यस कम्पनीमा काम गर्ने अर्का उत्तमलाल महत्तो भने नेपाल फर्किसकेका छन् ।

दुताबासका जनसम्र्पक अधिकृत ताजले कम्पनीमा गएर ‘ती कामदार’को बास्तबिक परिचय पत्ता लगाउन धेरै कोसिस गरेपनि सही सुचना पाउन सकेको छैन् । ‘ऊ को हो भन्ने बिषय नेपाली डाइभरले मात्रै बताउन सक्ला ?’, एक अधिकारीले भने,’डाइभरले आफुलाई पुर्ण जानकारी नभएको बताउदै आएको छ ।’

ती डाइभर एउटा मुद्दामा कतारको जेलमा रहेको नेपाली दुताबासले जनाएको छ । ‘ती कामदारले आफ्नै राहदानी प्रयोग नगरेको हो कि भन्ने शंका छ’, श्रम सहचारी लिलानाथ दाहालले भने,’सही राहदानी प्रयोग गरेको भए केही न केही सुचना त पाइन्थ्यो ।’ हमाद अस्पातलले शबलाई शब गृहमा सुरक्षीत रुपमा राखेको छ । यति लामो समयसम्म शब रहेको उनको मात्रै भएको हमादले जनाएको छ । दुताबासलाई पनि लामो समयदेखि आफन्त हराएको निबेदन परेको छैन् ।

बैदेशिक रोजगारमा कतारमा आएका २७ नेपालीको जनवरीमा मृत्यु भएको छ । एक जना महिला छन् । जनवरीमा मृत्यु हुने नेपालीको सख्या अहिलेसम्मको उच्च हो । नेपाली दुताबासका अनुसार १० जना सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएको छ । ५ जना नेपालीले आत्महत्या गरेका छन् । एक जना किड्नी फेल भएर बाँकी हृदयघात भएर मृत्यु हुन पुगेको हो ।

आत्महत्या गर्नेमा मानपुर-७, सर्लाहीका हरेन्द्र कपाड, सिम्ले-७, त्रेहथुमका पदमप्रसाद रिजाल, सिम्ले-९ त्रेहथुमका भक्तबहादुर तामाङ, आइराकोट-७, दार्चुलाका लालसिंह डडाल, निङ्गीहिवा-८, कपिलबस्तुका सुनौला गड्डी रहेका छन् । सादिया मेन्टीनेन्स एण्ड क्लिनीङ कम्पनीमा कार्यरत मेहन्दी हुसेन अलीले काम गर्ने टाँउबाट खसेर मृत्यु भएको हो । अल मिलियन सर्भिसाम कार्यरत तेलुङ्हा-६, पाल्पाका यामबहादुर चिदीको खस्दा टाउकोमा गम्भिर चोट लागेर ज्यान गएको हो । हमाद बिन खालिद हमाद कर्पोरेशनमा कार्यरत झिटकरिया-७, धनुषाका बासुदेब यादब र मादी-९, सखुवासभाका मोहनमणी कार्की माथिबाट झरेर ज्यान गएको हो ।

हासिन्स्क्यो टे्रडि्रङ एण्ड कन्ट्रक्टीङ कम्पनीमा कार्यरत बाटहनाहा-४, सिराहाका राजाराम महत्तो र रामनगर-१, महत्तोरीका बिजय शाह काम गर्दौ गर्दै खाल्डोमा काम गर्न जाँदा निस्सासिएर मृत्यु भएको दुताबासले जनाएको छ ।

सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा बिरेन्द्रनगर-८, चितवनका सबिना लामा, ठुलोडुमा-४, भोजपुरका सन्तकुमार राई, हरिहरपुर-३, धनुषाका जीबछा यादब रहेका छन् । लामा नेपाल र्फकनेक्रममा दुर्घटनामा परेकी थिइन् । टाउको गम्भिर चोट लागेर आँखले-६, गुल्मीका ज्ञानेश्वर पन्थीको ज्यान गएको छ ।

रामउद्गार मगरको टाउकोमा गम्भिर चोट लागेको कारणले मृत्यु भएको हो । बलबहादुर धमीको मृटु फेल भएपछि मृत्यु भएको हो । ‘कार्डियक एरेष्ट’ भएर ज्यान जानेमा तनहुँका मानसिंह लामा, राम्चे-९, रसुवाका मंगले तामाङ, देलिया-१, सप्तहरीका कशीलाल चौधरी, राजपुर-८, नवलपरासीका अर्जुन गौतम, हिमबहादुर खत्री, पथरी-५, मोरङका गणेशबहादुर मगर रहेका छन् ।

निमोनिया भएर मृत्यु हुनेमा बोखारे-१, सुनसरीका अलीसेर मन्सुरी, किड्नी फेल भएर ज्यान जानेमा बर्याबान-६, मोरङका मनोजकुमार शाह, जाल्पापुर-८, सुनसरीका मोहबुद मियाँ रहेका छन् । नेपाली दुताबासले ती सबैको शब नेपाल पठाइसकेका ईकान्तिपुर समाचारले जनाएको छ।