राष्ट्रपतिसँग एनआरएनए प्रतिनिधि मण्डलको भेटघाट


गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले राष्ट्रपति डा. रामवरण यादवसँग भेट ग-यो । अध्यक्ष शेष घलेको नेतृत्वमा शितल निवास पुगेको प्रतिनिधिमण्डलमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेलगायतका वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी सहभागी थिए ।

भेटमा राष्ट्रपति डा. यादवले एनआरएन गतिविधिको खुलेर प्रशंसा गर्नुभएको थियो । एनआरएन प्रतिनिधिले देशमा संक्रमणकाल लामो भएको गुनासो राखेका थिए । संक्रमणकालमा कुनै उत्पादनमूलक काम नहुने भएकाले यसलाई छोट्याउन पहल गर्न एनआरएन पदाधिकारीहरुले राष्ट्रपति डा. यादवसमक्ष आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति डा. यादवले मुलुक संक्रमणकाल मुक्त बन्न अब धेरै समय नलाग्ने बताउनुभयो । दलहरुले आगामी जेठ महिनाभित्र संविधान निर्माण प्रकृया टुंगोमा पु¥याउन सक्ने विश्वास व्यक्ति गर्दै राष्ट्रपति डा. यादवले न हत्तारिन एनआरएनहरुलाई आग्रह गर्नुभयो ।

झण्डै एक घण्टासम्म भएको उक्त भेटघाट कार्यक्रममा एनआरएन अध्यक्ष घले, संस्थापक अध्यक्ष डा. महतो र पूर्वअध्यक्ष लामिछानेले पहिलो पटक संयुक्तरुपमा राष्ट्रपति डा. यादवसँग भेट गरेका हुन् । भेट सकरात्मक र फलदायी बनेको प्रतिक्रिया अध्यक्ष घलेले दिनुभयो ।