वरिष्ठ पत्रकार विनोद मेहताको निधन


काठमाडौं /भारतका वरिष्ठ पत्रकार एवं आउटलुकका संस्थापक सम्पादक विनोद मेहताको निधन भएको छ ।

७३ वर्षका मेहतालाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा भर्ना गरिएको थियो । समाचार एजेन्सी पीटीआईले एम्सका प्रवक्ता अमित गुप्तालाई उद्रृत बताए अनुुसार मेहताको विभिन्न अंगले काम गर्न छाडेको थियो ।

आउटलुक ग्रुपले फेसबुक र ट्वीटरमार्फत मेहताको निधनको पुष्टि गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मेहताको निधनमा शोक व्यक्त गरेका छन् ।
१९४२ मा रावलपिण्डीमा जन्मिएका महताले डेबनेनेयर पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए ।