मनमा पिडा बढी रह्यो तिम्ले मलाई नबुझ्दा


-रोजी लाबुड० ( राई )

के भुल गरें मैले सबै बाचा कसम तोडी दियौं
हाँसी हाँसी स्वार्थ लुटी दोबाटो मा छोडी गयौं
बैरी भए आफ्ना सबै तिम्रो मात्र कुरा सुन्दा
सारा खुसी रित्त्यो तिम्ले मलाई नबुझ्दा

माया मा धोका भयो निष्ठुरी ले छल गर्दा
त्यसै त्यसै जली रहें निर्मोही ले छोडी जाँदा
रुख सरी ढली रहें छहारी दिन खोज्दा
आशा ईच्छा सबै मरे तिम्ले मलाई नबुझ्दा

टाढा भाग्न खोज्यौ तिमी आखीर म देखी
जब अायो जिवनमा आँधीबेरी मै माथी
जिवन बर्बाद भयो तिम्ले बाटो मोडि दिंदा
मनमा पिडा बढी रह्यो तिम्ले मलाई नबुझ्दा