चेपाङ्ग महिलाहरुको लागि साढे ३ लाख रुपैयाँ संकलन गर्दै बेलायतमा नारी दिबस मनाईयो


अल्डर्शट/

१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रवासी नेपाली मञ्च युकेले नेपालका चेपाङ्ग महिलाहरुको सहयोगार्थ एक कार्यक्रम गरेको छ।

गत शनिबार अल्डर्शटको कन्नट स्कुलमा आयोजित कार्यक्रममा समाजकी सदस्य ईशा गुरुङको पहलमा संकलित दुई हजार तीन सय ८० पाउण्ड (करिब साढे तीन लाख रुपैयाँ) मञ्चका अध्यक्ष राम शरण सिम्खडालाई हस्तान्तरण गरिएको थियो।

अध्यक्ष सिम्खडाले उक्त रकम नेपालका चेपाङ महिलाको सहयोगमा छिट्टै नेपाल पठाइने बताए। सामाजिक कार्यतर्फ सक्रियता देखाउँदै आएको मञ्चले गत वर्षको नारी दिवसमा पनि नेपालमा कमलरी पीडित लाई सहयोग सहयोग गरेको थियो।
मञ्चकी सल्लाहकार शुष्मा राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि मदन पुरस्कार बिजेता समाजसेवी राधा पौडेलले मतब्य दिदै सामाजिक संस्कार र पुरातनवादी सोचको परिवर्तनले मात्रै नारी दिवस मनाउनुको सार्थकता हुने बताईन्।

10300075_1037239786289729_5271568122155753190_n

एन आर एन युकेका अध्यक्ष्य महेन्द्र कँडेल तथा कार्यक्रमका बिशेष अतिथी राम शरण सिंखडा लगाएतका वक्ताहरुले नारी सम्मानबाट समाज परिवर्तन हुन् सक्ने कुरामा जोड दिएका थिए। मन्तब्य दिने हरूमा समाजसेवी ईशा गुरुङ, नर्सिङ्ग एसोसिएसनकी प्रसुन कंडेल, नर कुमारी लिम्बु, राधा भट्टराई, पत्रकार धुर्वराज अर्याल लगायत थिए।

बेलायतवासी नेपाली महिलाहरुको उलेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा बिभिन्न नृत्य एवम् गायक भीम निरौलाको सांगीतिक प्रस्तुति सहितको सांस्कृतिक मनोरञ्जनसमेत प्रदान गरिएको थियो। कार्यक्रममा प्रतिमा केसी र बिमला गौतमले नारी उत्थान सम्बन्धि कविता वाचन गरेका थिए।
10521377_1037242226289485_659809571476576062_n