किङ खान काठमाडौंमा


काठमाडौं /बलिउडका चर्चित अभिनेता शाहरुख खानले काठमाडौंमा पाएको मायाबाट आफू निकै उत्साहित रहेको बताएका छन् । किङ खान सोमबार दिउँसो निजी विमान चढेर काठमाडौं आइपुगेका हुन् ।

काठमाडौंमा उत्रिएको केही घण्टापछि उनी हायात होटलमा केहीबेरका लागि सञ्चारकर्मीहरुमाझ उपस्थित भए । उनले यो आफ्नो दोस्रो नेपाल भ्रमण भएको बताए । साथै उनले पूर्व निर्धारित समय हिजो आउन नसकेकोमा माफी समेत मागेका छन् ।
उनले भने-काठमाडौंमा मैले जुन मायाँ पाएको छु, त्यसले म उत्साहित छु ।’

खान काठमाडौं आउन थाहा पाएर विमानस्थलसम्म समर्थकहरु पुगेका थिए ।उनले केही समय बस्ने गरी श्रीमती र परिवारका सदस्यहरुसहित काठमाडौं आउने बाचा समेत गरेका छन् । काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुखद अनुभूति भएको उल्लेख गरेका छन् ।