महिला फोरम स्पेनले नारी दिवसको उपलक्ष्यमा आज बार्सिलोनामा कार्यक्रम गर्दै


– बसन्त रानाभाट
गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेन स्थित महिला फोरमले अन्तराष्ट्रिय नारी दिबस मनाउदै “एक महिला एक युरोको”अभियानलाई अझ तिब्रता दिने भएको छ। आज  विश्वभरि १०५ औं अन्तर्राष्ट्रिय नारी दिबस मनाउने तयारी चली रहदा फोरमले बार्सिलोनामा कार्यक्रमको आयोजना गर्न लागेको हो।

महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयमा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरुसँग छलफल गर्दै मनाउने फोरमले जनाएको छ।

युरोप आएर नेपाली महिलाहरु अझै पनि घरको काम र बालबच्चाको हेरचारमा नै सिमित रहनु पर्ने बाध्यता छ फोरम संयोजक शितल भुर्तेल भुसालले नेपालीनेपाली डटकमलाई भनिन्,”अब घरमा मात्र हैन , नारीको शक्तीमा उर्जा र उत्प्रेरेणा मिलोस् भनेर नै कार्यक्रमको आयोजना गरेका हौ।” उनले कार्यक्रमबाट “एक महिला एक युरोको” अभियानमा महिला दिदिबहिनीहरु अझ बढी सहभागी भई जुट्न पनि अनुरोध गर्ने बताएकी छिन्।

नेपालको दुर्गम ठाउँमा बसोवास गर्ने अधिकतम महिलाहरुको आङ खस्ने समस्या (रोग) को उपचारका लागि “एक महिला एक यूरो” को अभियान शुरु गरिएको हो।अन्तरास्ट्रिय समन्वय परिषद्बाट संचालित अभियान स्पेन ,पोर्चुगल,बेल्जियम,फ्रान्स,डेनमार्क लगायत बिभिन्न मुलुकहरुमा पनि जारी रहेको छ।

स्पेनमा बिगत १ बर्ष देखि ४५ जना महिलाहरुले प्रत्येक महिना एक – एक युरो संकलन गर्दै आएका छन्। अन्तरास्ट्रिय परिषद् महिला संयोजक सफिला राज भण्डारी र उपसंयोजक रजनी प्रधान पनि सदस्य बन्दै १ बर्षको रकम स्पेनको कोषमा बुझाएको फोरमले जनाएको छ।

नारी दिबसको उपलक्ष्यमा थप नयाँ सदस्यहरु बढ्ने र पुरषहरुबाट पनि सहयोग आउने अपेक्षा फोरमले लिएको छ। जनवरी ३० सन् २०१४ मा स्पेनमा महिला फोरम गठन गरे लगत्तै एक युरोको अभियानलाई तिब्रता दिएको हो।

यस अघि अन्तरास्ट्रिय परिषद्ले गैरआवासीय नेपाली दिवसको अवसर पारेर सुदुर पश्चिमाञ्चलको धनगढीमा निशुल्क स्वास्थ्य शिविर गत नोभेम्बरमा सम्पन्न गरेको थियो । आङ तथा पाठेघर खस्ने समस्या भएका ‍१५३ जना महिलाहरुले शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए। ति मध्ये ३८ जना महिलाहरुको निशुल्क शल्यक्रिया गराएर स्वास्थ्य लाभ लिएका थिए।साथै शिबिरमा आङ खस्ने समस्या भएका महिलाहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो ।

दुर्गम ठाउका महिलाहरुको स्वास्थ लाभलाई लक्षित गरि “एक महिला एक युरोको” अभियानलाई तिब्रता दिन नारी दिबसको सन्दर्भ पारिनुलाई अर्थ पूर्ण रुपमा लिईएको छ।
सन् १९०७ को मार्च ८ का दिन महिलालाई उचित ज्याला र कामको माग गर्दै संघर्ष सुरु गरिएको थियो । सन् १९०८ मार्च ८ कै दिन श्रमिक महिलाले मताधिकार पाउनुपर्ने माग अघि सारे । सोही दिनको सम्झनामा सन् १९१० देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो।

कार्यक्रमबारे पूर्ण बिबरण

मिती- ८ मार्च २०१५

स्थान – Hola Nepal Restaurant

Calle Lepanto 323, Barcelona
समय:- दिउसो ३.३० बजे
मेट्रो :- L2 & L5