एनआरएनएन स्पेनको बार्षिक साधारण सभा सम्बन्धी प्रेस विज्ञप्ति


                                                           प्रेस बिज्ञप्ति
गैर आवाशिय नेपाली संघ स्पेनले बार्षिक साधारण सभा स्पेनको बार्सिलोनामा यहि मार्च १ ,२०१५ मा सम्पन्न गरेको छ । कार्यक्रममा प्रस्तुत सम्पुर्ण प्रतिबेदन सर्बसम्मत रुपमा पारीत गर्दै साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल , जनसम्पर्क समिती अध्यक्ष शालीकराम ड्म्रे , प्रवाशी नेपाली मन्च स्पेनका अध्यक्ष देउकाजी गुरुङ , नेपाली जनप्रगतीशिल मन्च स्पेनका अध्यक्ष महेश्वर कंडेल , तमु समाज उपाध्यक्ष युबराज गुरुङ , चितवन समाज स्पेनका कोषाध्यक्ष भोजराज सापकोटा , गैर आवाशिय नेपाली संघ स्पेनका भुतपुर्ब उपाध्यक्ष मुक्त बहादुर गुरुङ, नि. महासचिब बिष्णु रिजाल ,महिला संयोजक शितल भुर्तेल भुषाल ,युवा संयोजक लक्ष्मण शर्मा , युरोप पत्रकार महासंघ सदस्य दिपक क्षेत्री ,पासा पुच स्पेन बिशेष समिती सदस्य सुन्दर ट्वाटी ,म्याग्दी समाज स्पेन अध्यक्ष सन्त बहादुर क्षेत्री ,स्यॉङजा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङ ( बिमल) , कास्की सेबा समाज स्पेनका उपाध्यक्ष कमल प्रसाद अधिकारी , रेडियो स्पेन नेपालका संचालक सदस्य सुनिल रानाभाट ,स्पेन खबर डटकमका राजेन्द्र कंडेल ,नेपाली वेभका भोला लामिछाने लगायत संचारकर्मी ,ब्यबसायी र एनआरएन अभियन्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न भयको उक्त साधारण सभाको संचालन संघका प्रबक्ता सन्तोष श्रेष्ठले गरेका थिए । बैठकले संगठनात्मक प्रतिबेदन ,आर्थिक प्रतिबेदन , महिला फोरुम प्रतिबेदन , बिधान संसोधन प्रस्ताब तथा भाबी कार्ययोजना सर्बसम्मतले पारीत गरेको थियो ।
साधारण सभाका सम्पुर्ण प्रतिबेदन बिबरण तल प्रस्तुत गरिएको छ ।
    कार्यगत बिबरण
– क्षेत्रिय समितीहरु ग्रान कानारीया र म्याड्रिडमा गठन भईसकेको र आगामी दिनमा भालेन्सिया,अलिकान्ते-बेनिड्रम ,पाईस भास्को ,पाल्मा दे मायोर्कामा बिस्तार गर्ने ,सदस्यता बिस्तार अभियान अबिलम्ब स्फुर्तकासाथ अधिढाउने , महिला फोरुम ,युवा फोरुम गठन गरियको ,फलस्वरुप महिला फोरुमले नारी दिबस मनाउने लगायत बिभिन्न उल्लेखनिय कार्यक्रमहरु गरेको छ भने युवा फोरुमलाई सक्रिय बनाईने ।
– परोपकारी कोषमा युरो ५ हजार संकलन ,साधुराम बचाउ अभियान ,नेपाल फिर्ता हुन लागेका रुबी थापाको डिपोर्ट रोक्का ,म्याड्रिड डिपोर्ट सेन्टरमा राखियका राजु शम्शेरलाई छुटाउन पहल भयको । लागु पदार्थ दुर्ब्यशनी राम मैनालीलाई नेपाल फर्काई परीबारको जिम्मा लगाईएको ,बार्सिलोनामा लावारिस भेटीएका शुरेस श्रेष्ठको दाहा संस्कार गरियको ,स्पेनमा बन्दिजिबन बिताई रहेका प्रतापसिंह बुढा र बिरबहादुरलाई निरन्तर भेटघाट चलिरहेको ,क्यानसर पिडित बाग्लुङका तोरण पौड्याललाई आर्थिक सहयोग ,युरोप साईकल यात्रीहरुलाई आर्थिक तथा नैतिक सहयोग गरियको ।
– म्याग्दी समाज तथा नेपाली नेपाली डटकमले गरेको क्रमश मॉया क्षेत्री र बलबहादुर गुरुङको उपचार सहयोगमा समन्वयकारी भुमिका गरेको तथा क्षेत्रिय सम्मेलनमा रक्तदान कार्यक्रम गरिएको ।
– नेपाली टिका जमरा ,रोटी लगायतका खाना तथा बालबालीकाबाट नेपाली राष्ट्रिय गित गॉउदै सांस्कृतिक कार्यक्रम गरिएको ,दिपावलीमा शुभ दिपावली कप बालबालिका (८ देखी १५ बर्षका ) तथा महिला हरुलाई समेत समाबेश गराउदै शुरु गरियको । पहिलोपटक सामुहिक पिकनिक कार्यक्रम आयोजना सम्पन्न भयको ।
– सस्थाहरु संग सहकार्य जस्तै (जन सम्पर्कको भलिबल प्रतियोगिता ,प्रबाशी मन्चको तिज कार्यक्रम ,तमु समाजको ल्होसार ,चितवन समाजको हाजीरी जबाफ ,अनेकसको दिपाबली सॉझ ,पासा पुचको म्ह पुजा मा समन्वयकारी भुमिका गरीयको ।
– ख्याती प्राप्त कलाकार पशुपती शर्मा मनोज गजुरेल लगायत उपस्थित बिशेस सॉस्कृतिक सॉझमा सहयोगबाट रकम संकलन ,सुनकोसी बाढी पिडित सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको ।
ईमिग्रेशन बिज्ञ वकिल संग अन्तरक्रिया ,फ्रान्स दुताबासबाट घुम्ती टोली पटक पटक ल्याउदै एमआरपी सहजीकरण गरिएको, महामहिम राजदुत ,नियोग उप प्रमुख जस्ता कुटनैतिक ब्यक्तीहरुसँग अन्तरक्रिया कार्यक्रम गरीएको ।
– २०१४ जुन ६ तारीख “नेपाल प्रबर्घन सॉझ” होटल फिरा कंग्रेशमा गर्दै उच्च पद्स्त ब्यक्तीहरुको उपस्थितीमा सगरमाथा आरोहण गर्ने ९२ जना स्पानिशहरुलाई सम्मान समेत गरीयको ।स्पानिश संस्था EICA संगको सहकार्यमा २०१५ नोभेम्बर ३ मा पहिलो पटक ३ दिने नेपाल बिशेष कार्यक्रम गरीएको ।
– युरोपियन क्षेत्रिय बेठक सम्मेलन स्पेनको बार्शिलोनामा जुन ७ र ८ मा सम्पन्न गरी १४ बुंदे घोषणापत्र जारी गर्दै युथ वोर्कसोप समेत गरियको । उक्त सम्मेलन उत्कृष्ट रहेको आई सी सी परिषदबाट समेत प्रशंशा गरिएको ,उक्त कार्यक्रममा राहत कोषमा १२०० युरो संकलन ,शंखमुल पार्कलाई १५७५ युरो सहयोग ,भबन निर्माणका लागि ६०१३ युरो सहयोग गरियको ।
– सुनकोषी बाढी पिडितका लागी युरोपकै सबै भन्दा बढी रकम रु ४ लाख सहयोग गरियको
– परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गर्दा हानेको छाप स्पेन सरकारले स्वीकार नगर्ने उक्त छाप परिमार्जित गर्न
नेपाल सरकार प्रयोग गरेको गैर जिम्मेवारी पुर्ण बाक्यॉश हटाउदै परिमार्जित गरिएको ।
स्पेनको म्याड्रिडमा स्पेनका परराष्ट्र मन्त्रालयका उच्च पदश्त पदाधिकारी हरु संग पहिले पटक भेटघाट गर्दै नेपालीको समस्या तथा समाधानको लागी छलफल गरीएको ।
– एम आर पी पासपोर्ट सहजीकरणका लागी फ्रान्स स्थीत दुताबाशमा डेलीगेशन गएको ,२०१४ मार्चमा फ्रान्स ,पोर्चुगल र ग्रिस मा रहेका संघ सस्थाहरुसंगको १ दिने गोष्टिमा भाग लियको (जसमा स्पेनकोतर्फबाट जन सम्पर्क समितीको समेत उपस्थिती रहेको ) ।
– स्पेनमा दुताबास स्थापना पहलकोलागी स्पेन स्थित संघ सस्थाहरुको समेत सहयोगमा झण्डै ३५ सय हस्ताक्षर संकलन गरी २०१५ जनवरी ४,५,६ र १९ मा नेपालका उच्च पदस्थ अधिकारीहरु राष्ट्पती डा. रामबरण यादब ,प्रधानमन्त्री तथा कंग्रेश सभापती शुशिल कोईराला एमाले अध्यक्ष के. पी . वली ,परराष्ट्र मन्त्री महेन्द्र पॉण्डे ,अर्थ मन्त्री रामशरण यादब लगायत भोतिकयोजना तथा यातायातमन्त्री ,स्वास्थ्य मन्त्री लगायत उच्च पदस्थ अधिकारीहरुलाई पहिलो पटक भेटेरै ज्ञापन पत्र बुझाईयको साथै उक्त ज्ञापन पत्र जानकारीका लागी बिशिष्ट ब्यक्तीहरु संग रात्रीभोज तथा पत्रकार सम्मेलन समेत  गरीएको ।
आर्थिक बिबरण
आम्दानी तर्फ
जुलाई २०१३मा निबर्तमान समितीबाट १४०२ युरो निर्वाचन समीतीबाट १२०० युरो दशै कार्यक्रम (१४९७ +७०९.२०)युरो हाल सम्मको लेबी २४८० युरो दिपावली कप (४९० +६३० युरो ) लगायत बिभिन्न शिर्शकमा जम्मा ८४०४.२० युरो
खर्च तर्फ
दशैतिहार (१४२२ +९५९.०४ ) दिपावली (८५२.१५ +११०४ ) कलाकार मन्च सहयोग ५०० युरो कलाकार समाज सहयोग २५० युरो लगायत बिभिन्न शिर्शकमा ८०६८.७६ युरो रहेको छ भने ERM सहयोग १००० युरो सुनकोषी बाढी पिडित रु ४ लाख तोरण पौड्याल क्यान्सर पिडीत रु ५६००० सहयोग समेत गरीएको छ ।

कल्याणकारी कोष

आम्दानी तर्फ ERM खाना ब्यबस्थापनबाट ३०३९ युरो राजदुताबासबाट १२०० पशुपती शर्मा बिशेष सॉझबाट ३०७ युरो लगायत अन्य शिर्षकबाट जम्मा रकम ४५३४ युरो रहेको छ ।
बिधान संसोधन

क्षेत्रिय समिती ब्यबस्था धारा २७ ,पदेन सदस्य यथाबत राख्ने र क्षत्रिय समितीका अध्यक्ष पनि पदेन सदस्य रहने ब्यबस्था ,प्रबक्ताको निर्बाचित हुने ब्यबस्था तथा काम कर्तब्य अधिकारहरु संसोधन गरिएको ।

आगामी कार्ययोजनाहरु को बिबरण

– स्पानिश समुदायमा भगवान बुध्धको जन्मथलो नेपाल भनेर पहिचान गराउने उद्येश्यका साथ बुध्ध पुर्णिमाका दिनमा ” नेपाल प्रबर्धन सॉझ २०१५ ” आयोजना गर्ने
– कल्याणकारी राहत कोष अभिबृध्धी गर्ने ,एन आर स्पेनको मातहतमा रही राहतकोषका सदस्यद्वारा संचालन गराउने,
– नेपाली बच्चाहरुलाई ब्यबशायीक खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न क्लबहरु संग सहकार्य गर्दै सोही अनुरुप बढाउने ।
– बार्शिलोनामा “नेपाल सडक फेस्टिबल” नेपाली बर्ष २०७३ को बिजया दशमी तथा दिपावलीको अबसर पारेर गर्ने बारेमा अध्ययन र गृहकार्य अधि बढाउने
– सम्पुर्ण संघ सस्थाहरुको सहयोगमा स्पेनमा नेपालीहरुको डाटा संकलन तत्काल शुरुवात गर्ने ।
– सस्थाको स्थापनाकाल देखी अहिले सम्मका सामाजिक गतिबिधिहरु बर्तमान कार्यसमितीका आर्थिक ,सामाजिक सम्पुर्ण गतिबीधी सश्थाको वेभसाईटमा राख्ने र बढी भन्दा बढीपारदर्शी गराउने ।
– यस बाहेकका पनि आउने नयॉ कार्यक्रम तथा समस्याहरुलाई सक्दो रुपमा अधि बढाउन अग्रसर रहने ।

महिला फोरम बिबरण

– “एक महिला एक युरो “अभियान सहितको परोपकारी कोष स्थापना गर्दै २७० युरो बराबरको कोष जम्मा भएको
-पॉचौ महिला सम्मेलन स्पेनको बार्शिलोनामा एेतिहाशिक उपस्थितीका साथ भब्य रुपमा सम्पन्न गरीएको ।
– परिचय तथा आपसी सद्भाबका लागी समर पिकनिक आयोजना गरिएको
स्वत स्फुर्त रुपमा तिज बिशेष कार्यक्रम गरिएको
– राष्ट्रिय समन्वय परिषदको हरेक काममा सहयोग गर्दै आयको तथा र आगामी दिनमा अझै बढी सहकार्य गर्दै अधि बढ्ने प्रतिबद्दता ब्यक्त
– आगामी मार्चमा अन्तराष्ट्रिय नारी दिबस मनाउने ।

उक्त साधारण सभामा स्थानिय मेडियाहरुको एनआरएनए संगको सहकार्यलाई उच्च प्रशंशा गर्दै स्थानिय मेडियाहरुलाई प्रशशा पत्र प्रदान गरिएको थियो ।

अन्त्यमा , गैर आबाशिय नेपाली संघको क्षेत्रिय सम्मेलन पश्चात उठेका सबालहरुलाई पारदर्शि गर्नको लागी गठित अनुशासन समितीको प्रतिबेदन ,आर्थिक छानबिन समितीको प्रतिबेदन (कुनै पनि क्षेत्रमा दोशी नठहरीएको )लगायतले साधारण सभा ढिला सुस्ती हुन गएको तथा त्यसको लगत्तै नेपालमा बिशिष्ट क्षेत्रमा ज्ञापन पत्र बुझाउने कार्यक्रमले केही समय साधारण सभा ढिला हुन पुगेको जानकारी गराउन चाहान्छौं ।
प्रबक्ता
सन्तोष श्रेष्ठ
गैर आबाशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् स्पेन