एमाले चाहिएको पार्टी होइन, कांग्रेसमा घुसे हुन्छः प्रचण्ड


काठमाडौं/

एकीकृत माओवादीका अध्यक्ष तथा तीस दलीय मोर्चाका सभापति पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टी कुनै पनि राजनीतिक पार्टी नभएको बताएका छन्। तीस दलीय मोर्चाले राजधानीमा शनिबार गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले पार्टी चाहिएको पार्टी नभएर कांग्रेस एमालेको अंग भएको आरोप लगाए। उनले भने, ‘एमाले चाहिएको पार्टी होइन। कांग्रेसमा घुसे हुन्छ । प्रगतिशिल कोही छन् भने छातिमा हात राखेर सोचे हुन्छ।’

दाहालले कांग्रेसको एजेन्डामा समाहित भएपछि एमालेको औचित्य नभएको बताए । एमालेले पार्टी घोषणापत्रविपरीत कांग्रेस एजेन्डामा समाहित भएकाले अब उक्त पार्टीको आवश्यकता नभएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले बानेश्वरमा भएको घटनालाई सरकारको कायरताको संज्ञा दिए। उनले भने,‘बडो अनुशासित र शान्तिपूर्ण जुलुसमा बानेश्वरमा सरकारले अन्दाधुन्ध लाठीचार्ज र आक्रमण गर्नु कायरताको उपज हो।’
उनले घटनामा घाइते भएकालाई स्वास्थ लाभको कामना पनि गरे।
उनले यो संविधानसभा मंसिर ४ को चुनावबाट नआएको भन्दै देशका मजदूर किसान, मधेसी दलितबीचबाट २० हजारको बलिदानबाट आएको तर्क गरे। उनले भने, ‘कांग्रेस र एमालेले मंसिर ४ गतेको निर्वाचनबाट आएको भन्ने भ्रममा छन् त्यो भन्दा ठूलो बेइमानी केहि हुँदैन।’ संविधानसभा संसदमा जस्तो गणितको खेल होइन। क्रान्तिलाई गणितमा कैद गर्न खोजे अर्को विष्फोट हुने उनले चेतावनी दिए। ‘त्यो विष्फोट कसैले रोक्न सक्दैन। संविधानसभा सबै क्रान्तिकारी समुदायको परिणाम हो। यससँग खेलाची गरे आगोसँग खेले बराबर हुनेछ। सबै त्यहि भष्म हुनेछन्।’
यसअघि भएको सभालाई सल्लाह सभा भएको जानकारी गराउँदै उनले आजको सभा खबरदारी सभा भएको बताए।

‘आज हामी यो खबरदारी सभाबाट भन्छौ कि, सबै वर्ग समुदायको सझा सभा भन्ने नबुझे अब हामीले गर्ने सभा विद्रोहको सभा हुनेछ। त्यो कसैले रोक्न सक्ने छैन।’
अस्तिको सभालाई कांग्रेस एमालेले गनेनन्। प्रचण्ड सकियो, मधेसवादी फुटेर टुक्रा टुक्रा भयो। कतिपय अन्तर्राष्टिय मिडियाले २२ पार्टीकेा २२ सय भनेका थिए। आज ती मिडियाले के भन्छन हेर्नु छ। त्यस्तै भने भोलिदेखि हुने विद्रोह सभाले जिल्ला जिल्ला कब्जा गर्दा के भन्ने छन्?’

दाहाले अगाडि भने, ‘अहिलेकेा परिवर्तन कांग्रेस र एमालेका कारण आएको होइन। यो परिवर्तनलाई रोक्न खोजिए यसको परिणाम अर्को क्रान्ति हुनेछ। अब म बरबदाद हुन्छु कि भन्दीन। तपाईहरुलाई साक्षी राखी भन्छु नेपाल बरबाद होइन नेपाल जनताको कब्जामा जनताको हातमा हुनेछ। नेपालको बरबादी गर्नेको अन्त्य हुन्छ।’
‘कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम आजबाट हटोस्। यी दुई पार्टी होइनन्। एउटै हुन्। पार्टी हुन संविधानसभा निर्वाचित हुनु पूर्व हो कि जस्तो लागेको थियो। एमाले पार्टी अब नेपालमा चाहिएको छैन। यो कांग्रेसभित्र घुसे हुन्छ। त्यसभित्र बामपन्थी साथी छन भने छातिमा हातराखी सोचे हुन्छ।’30-Party-Protest-2

एमालेले कार्यकारी राष्टपति भनेको आज छाडेपछि किन चाहियो? प्रश्न गर्दै भने,‘दाहालले पहिचानको नामै सुन्न नचाहने एमाले किन चाहियो? अब एमाले र कांग्रेस पार्टी एकता गरे हुन्छ।’ उनले संविधानसभाबाट संविधान बनाउने कुरामा शान्ति सझौता लगायतका विगतमा भएका सहमति र सझौता भए अनुसार ती सझौता तोड्ने अधिकार कांग्रेस र एमालेलाई कस्ले दियो? भनि प्रश्न गरेका थिए।
‘मैले गिरिजाप्रसादको ठूलो मूल्याकन गर्ने पक्षमा म छैन तर उहाँको अबसानसँगै शान्ति सझौता, अन्तरिम संविधान लगायतका विगतका सहमति तोड्ने दुश्साहस भएको छ। यो अन्त्य गर्न चेतावनी दिन्छु।’

पहिचानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने भनेको देश टुक्रयाउने होन। कांग्रेस र एमाले राष्ट्रघाती हो। पर्सादेखि सप्तरीसम्म मधेसीमात्रैको प्रदेश र पहाडीको प्रदेश बनाउने काम देश टुक्रायउने काम हो,’ दाहालले भने। सहमति र सम्झौता कांग्रेस र एमालेले तोडेको भन्दै दाहालले हामी विगतको सहमति अनुसार संविधान बनाउ भन्नेमा छौ। सहमति र सझौता कांग्रेस र एमालेले तोडेको बताए।

‘तपाईहरुले समय छँदै कथित प्रक्रिया रोकी संवाद समितिबाट सहमति खोज्ने कार्यमा फर्के वार्ताबाट सहमति हुन्छ। । सझौता तोडी गल्ती गर्नेले संवाद समितिमा जाने कुरा गरे भोलिबाटै वार्ता शुरु हुन्छ।’ हामी भोलिदेखि हेर्छौ कि उनीहरु अघि बढ्ने कि संवाद समितिमा फर्कन्छ। यदि त्यस्तो भयो भने काठमाडौमा होइन जिल्ला जिल्लामा जनताले कब्जा जमाउने दाहलले चेतावनी दिए। ‘मैले खुट्टा कमाएको छैन। शान्तिपूर्ण यो कार्यक्रमबाट उनीहरुलाई चेतना खोल्न गरेको हो। केपी ओली जस्तालाई किन गिरिजा र माधव नेपालले सहमति गर्न खोजे भन्ने बुझुन्।’

आफूहरूले पनि विगतमा गल्ती गरेको स्वीकार्दै दाहालले भने, ‘हामीले विगतमा गल्ति गरेको भन्ने कांग्रेस र एमालेलाई विश्वास गर्नु हो। अरु गल्ती होइन। हिजो सानो दल हुँदा मलाई तपाई नै महान भन्दा मख्ख भए। अहिले परिवर्तनका मुद्दामा उनीहरु सहमत नभए म यो पटक मर्न तयार छु झुक्न तयार छैन।’ भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्रीको काम नभएको भन्दै दाहाले भने, ‘अहिले प्रधानमन्त्री आफै सरकारमा भ्रष्टाचार छ भन्छन्। तपाई आफैले आफ्ना मन्त्री भ्रष्ट छन भन्ने थाहा पाउँदा किन कारबाही गर्न वा राजीनामा दिनुहुन्न?’

बालात्कारीलाई फाँसीको सजाय दिनुपर्छ भन्दै दाहालले ग्यास छ तर जनताले पाउँदैन। यो भन्दा नालायक सरकार र भ्रष्टाचार के हुन सक्छ? भनि प्रह्न गरेका थिए।
उनले सेवा केन्द्र विस्तारबारे आफ्नै पालामा सबै निर्वाचन क्षेत्रमा दिनु पर्छ भनेको स्मरण गर्दै अहिले जनतामा झगडा पार्ने नीति कांग्रेस एमालेको नबुझेसम्म झन समस्या पर्ने ओल्याए। हामीले संविधान आउँछ र देश आर्थिक विकासमा जान्छ भन्ने ठानेका थियौं। तर अहिले संविधानसभा अपहरण हुने अवस्थालाई रोक्न र जनताको दैनिक जीवनमा पर्ने असर रोक्नु पर्ने उनले बताए। कांग्रेस र एमालेले गल्ति सच्याए फेरि पनि संविधानसभा भित्र र बाहिर रहेका सबैलाई मिलाएर संविधान बनाउन सकिन् भन्दै तत्काल गल्ति नसच्याए सहमतिको अवस्था नआउने जिकिर गरे भनी सेतोपाटिको समाचारमा उल्लेख छ ।