सपनाको अर्थ यो नै भनेर,किन ठोकुवा लाउन सकेनन् ?


– रोजी लाबुङ् ( राई ) 

सपना एउटा मृग तिष्णा हो सपना एक काल्पनिक उपज हो सपना एक झन्कार हो सपना एक सपना नै हो जो सपनामा नै सीमित रहन्छ ।  नत यो साधान हो नत यन्त्र, उपकरण नै नत यो तृप्ति हो, नत प्राप्ति न त यसको वजन छ नत आकार नत यसको रंग छ नत रुप नै नत यसको गती छ नत सीमा परीधी नै नत यो सजीब हो यात निर्जीब नै नत यसको मुल्य छ नत मान्यता नै नत यो समस्या हो नत साबधान नै नत यो स्पर्शी छ नत पारदर्शी नै नत यसको अस्थीत्व छ नत स्वामित्व नै ।

 बस: यो त केवल मिठो निद सँग सामेल भई एक अप्रायसीत रुपमा अाउने हावाको झोका तरह उल्झन अनि सुन्दर कल्पना स्वरुप असीमीत रुपमा दृष्टिपात हुने यसको प्रमुख दायित्व हुन्छ ! नत यो देखेर साध्य हुन्छ नत लेखेर नै ब्यक्त गर्न सकिन्छ नत पाउन सकिन्छ नत भेट्न सकिन्छ बस …………सुन्यतामा नै यो बिलीन हुन पुग्छ तर यसो भन्नु पनि असोभनीय हुन्छ कारण सपना त एक अन्तर आत्माको कथा ब्यथा अनि ब्यबहारहरु सँग पनि सम्बन्धीत हुन्छ जो हामीले दैनिक जिवनमा गरीरहेका भोगीरहेका बास्तबीकताहरु संग मेल खाँदै सपनाको रुपमा झल्कने गर्दछ सपना। 

सपना नै हो तर पनि केही कोही कुराहरु अपवादको रुपमा पनि सफल हुने गर्दछ ! तर सपना लाई वास्तवीकता सोच्नु र सपना सँगै रमाउनु र निराश बन्नु पनि उचीत हैन कारण सपना सिर्फ सपनामा नै सीमित रहनु पनि एक घातक सिद्ध हो, यसैबाट घात प्रतिघातको बिकास हुन जान्छ जस बाट शरीरमा आलस्यता र सुस्त पनको निर्माण भई मृत्युको मुखमा समेत पर्न सक्ने छ ।

 सपना यस्तो एक काल्पनिक अकाल्पनीक बिधा हो नत यसको केही परिणाम मिल्छ नत उपाधि नै बिश्बमा हरेक कुराको प्रतियोगीतात्मक कार्यक्रमहरु हुने गर्दछ जता ततै भैरहेको छ तर मैले आज सम्म कहिलै कसले सपना उत्कृष्ट देख्यो कसको सपना मुल्यावान छ कसको सपना राम्रो कसको नराम्रो कसले लामो सपना देख्यो कसले छोटो यस्तै इत्यादि भन्दै कहिलै सपनाको प्रदर्शनी अनि मूल्याँकन गरेको सुनेको छैन जहाँ सम्म मलाई लाग्छ बिश्बमा अहिले को घडी सम्म पक्कै भएको छैन र हजुरहरु ले पनि अहिले सम्म पक्कै सुन्नु भएको छैन नै होला । फेरी होस् पनि कसरी ? धेरै धेरै लेखक कवि साहित्यविध दार्शनिक, ज्योतिषसास्त्र, धर्मगुरु हरु ले सपनाको परीभाषा त दिएका छन् तर यसको कुनै ग्यारेन्टी र निष्कर्षीत परीभाषा छैन बस सबैले आ-आफ्नो मौलिक अनि काल्पनिक धारणा अनुभब भावनाहरु मात्र दर्शाउने गरेको पाईन्छ तर कसैको तथ्य प्रमाणीकरण गरेर किटान गरेर तथ्य कुरा पत्ता लगाउन सकेका छैनन् नत दार्शनिक न ज्योतिषसास्त्र नत बैज्ञानीकहरु को कुनै यन्त्र उपकरणहरु ले नै !

आजको यो बैज्ञानीक युगमा मात्र हैन सत्य युगमा पनि सपनाको दृष्टि पात हुने गर्दथ्यो भगवानहरुले पनि सपना देख्ने गर्दथे भन्ने कुराहरु धार्मिकसास्त्र हरुमा पनि लेखीएको पाईन्छ।  गीता पुराण रामायण बेद लगायत बाईबल अनि क़ुरान हरुमा समेत पढन पाउनु हुनेछ सपनाको दृष्टिपात भएको कुराहरु बिश्बमा आज सम्म असम्भव कुरा केही छैन मान्छेहरु चन्द्रमा मा समेत आफ्नो अस्थीत्व कायम राख्न सफल भएका छन् ग्रहउपग्रह हरुको बारेमा पनि प्रत्यक्ष निष्कर्षीत रुपमा परीभाषीत टिक्काटिप्पणी गरेका छन् बिशाल समुन्द्र मुनी भब्य सिंहासन हरु बनाएका छन् पतालमुनी शहर बसाएका छन् यो पृथ्वी को उत्पत्ति देखी अन्त सम्मको भबिस्यबाणी गर्न समेत मान्छे पछि परेका छैनन् त…र किन ?

सपनाको बारेमा कसैले नियम कानुन र निष्कर्षीत परीभाषा निकाल्न सकेका छैनन् ।  त सपनाको आधारमा कुनै डक्टर ,बैज्ञानीक ,ज्योतिषी ,जादूगर ,बिद्बान पुरत्तबविद खगोलशास्त्री कबी लेखक साहीत्यबीद अधिवक्ता आदि इत्यादि कसै सँग ग्यारेन्टी निष्कर्षीत परीभाषा दिन सकेका छैनन् । यो सपनाको अर्थ यो हो भनेर कसैले ठोकुवा गर्न सकेका छैनन् सुन्दामा सपनाको शब्द सरल र स्वभाबीक नै छ तर यो शब्दलाई गहिरीएर सोच्यो भने ज्यादै कठिन अनि अपारदर्शी छ।

 बुधबारे ५ झापा नेपाल हाल -यु .के