स्पेनका कांग्रेसीहरुले बिचार गोष्ठीको आयोजना गर्दै प्रजातन्त्र दिवस मनाए


– बसन्त रानाभाट
बार्सिलोना/

देशमा प्रजातन्त्र आएको ६५ बर्ष लागीसक्दा पनि अझै संस्थागत हुन नसकिरहेको महशुस भईरहेको बेला स्पेनका नेपालीहरुले प्रजातन्त्र दिबसको सम्झना गरेका छन्। कांग्रेस निकट संगठन नेपाली जनसम्पर्क समितीले बिचार गोष्ठीको आयोजना गर्दै जनताले गरेको बलिदानको सम्झना गरेका हुन्।

कार्यक्रममा बक्ताहरुले प्रजातन्त्र पाप्तिको लागि ज्यान बलिदान दिने सहिदहरुको सम्झना गर्दै उनीहरुले देखाएको बाटोलाई भुल्न नहुनेमा जोड दिएका थिए।

जनसम्पर्क समिती युरोप उपाध्यक्ष एबम समितीका पुर्ब अध्यक्ष पुष्प राज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेस निटकवर्तीहरुको मात्र उपस्थिति रहेको थियो।

समितीले प्रजातन्त्र दिबसको अबसरमा काग्रेसीहरु बीच पहिलो पटक औपचारिक कार्यक्रम गरेको हो। बिचार गोष्ठीमा समितिका पूर्व अध्यक्ष एक राज गिरी,सल्लाहकार अनिल गुरुङ,उपाध्यक्ष बिष्णु रिजाल,सन्तोष श्रेष्ठ ,उमेश अधिकारी,नारायण पौडेल,लगायतले बोलेका थिए।

11016307_922086691158825_679209947_n

समितीका अध्यक्ष शालिकराम डुम्रेले प्रजातन्त्रको योगदान दिने सहिदहरुको सम्झना गर्दै प्रजातन्त्र पाप्तिको दिन बिचार गोष्ठीको आयोजना गरेको बताए। डुम्रेले नेपालीनेपाली डटकमलाई भने,उनीहरुकै भाबनालाई बुझेर देश र प्रजातन्त्रलाई जोगाउनु पर्छ र त्यही अनुसार संबिधान निर्माणमा जुट्नु पर्छ हामी प्रबासीहरुको दलहरुलाई यही अनुरोध छ। ”

डुम्रेको अध्यक्षतामा बार्सिलोनामा सम्पन्न कार्यक्रमको संचालन महामन्त्री पदम दवाडीले गरेका थिए।

नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते देश तथा बिदेशमा पनि प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

यसै बीच नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौंमा गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरे लगत्तै स्पेनका काग्रेसीहरुमा उत्साह जागेको छ। १३ औं महाधिवेशनमा एक निर्बाचन क्षेत्र बराबरको हैसियत राख्नको लागि क्रियाशील सदस्यता आबेदन फारम संकलनलाई स्पेनमा तिब्रता दिएका हुन्।५ सय भन्दा सदस्यता बनाउने लक्ष्य लिदै समितीले फारम संकलनलाई जोड दिएको जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता छानविन गर्न नरहरि आाचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहने गरी समिती गठन गरि सकेको छ।