पोर्चुगलको लिस्बोनमा महाशिवरात्रीको आरती


 

श्रीराम खनाल

पोर्तुगल/ हिन्दूहरुको महान चाड महाशिवरात्रीको अवसरमा पोर्चुगल लिस्बोनको लुमेर स्थित महात्मा गान्धी सडकको राधा कृष्ण मन्दिरमा वाध्य बादक तथा गायक देब लामाको सांगितिक माहोलमा शिव पूजान तथा आरती सम्पन्न भयो ।

 बिहान १० बजे पूजा पूजा शुभारम्भ पछी साझ ७ बजे शिवरात्री पूजन, शिवलिङ अभिषेक, भजन तथा आरती सम्पन्न गरिएको कार्यक्रमामा बासुरी, हर्मोनी, तबेलाको तालमा ॐ नमह शिवाय तथा अन्य भजन लगायतका मनमोहक धुन तथा गीत प्रस्तुत गरिएको थियो।

 देब लामाको उतक्रिष्ठ सांगितिक खुराकको उच्च प्रशंसा भएको उक्त माहोलमा गुजारितीको उल्लेखनिय उपस्थिती थियो भने नेपालीहरुको थोरै मात्र उपस्थिती रहेको थियो। उपस्थिती नेपालीहरुले बिदेशी क्रिमस जस्ता चाडमा उपस्थित हुने नेपालीहरु हिन्दू धर्म तथा आफ्नो संस्कार भुलेको प्रती गुनासो पोख्दै उदासिनता देखिन्थ्यो।

15021837s4

पोर्तोगिज टि बि ले समेत स्ट्रीम लाईभ देखाएको उक्त महाशिवरात्री पूजनमा श्री रामणिक भाई देवको प्रबचन समेत रहेको थियो भने कार्यक्रममा एन आर एन नेपालको एन आर एन आ ई सि सि सदस्य सुर्य हमाल, पुर्व अधक्ष्य पूर्ण हमाल, सकृया युवा सुरेन्द्र पराजुली लगायत उपस्थित थिए।