आहा रारा गोल्डकपको उपाधि थ्रीस्टारलाई


-सागर राज तिमिल्सिना

पोखरा/थ्री स्टार क्लवले पोखरामा सम्पन्न १३ आंैं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको फाइनल खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि विजेता बनेको हो । थ्री स्टारले यो सगँ आहा राराको उपधी चौथो पटक चुमेको छ ।

विजेता भएको थ्री स्टारले ३ लाख ५१ हजार र उपविजेता मनाङ मस्र्याङदीले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र पाए । सन्तोष साहुखलको एकमात्र गोलले थ्री स्टार १३ औ संस्करणको उपाधि जित्न सफल भयो । खेलको २३ औं मिनेटमा सन्तोषले विजय गुरुङको पासमा गोल गरे । रञ्जित धिमालको क्रस बललाई विजयले सन्तोषलाई हेडपास दिएका थिए ।

खेलको ४८ औं मिनेटमा सन्तोषको पासमा विजय गुरुङ गोल गर्न चुके । करिब १० यार्डबाट हानेको उनको प्रहार गोल हुन सकेन । त्यस्तै ७० औं मिनेटमा जगजीत श्रेष्ठले करिब ३० यार्ड टाढाबाट हानेको प्रहार मनाङ मस्र्याङदीका गोलरक्षक विशाल श्रेष्ठले पञ्चआउट गरेर जोगाउँदा अवसर चुकेको थियो । पराजित भएको लक्ष्मी हुुण्डाई मनाङ मस्र्याङदीले पनि फाईनल खेलमा प्रयाप्त अवसर पाएको थियो । तर ती अवसर उपयोग गर्न नसक्दा उपविजेतामा सिमित हुनुप¥यो ।

त्यस्तै ४९ औं मिनेटमा बिशाल राइले पेनाल्टी एरियाबाट चार्ज गर्दा थ्री स्टारका विष्णु सुनुवारले क्लियर गरिदिए । खेलको ७८ औं मिनेटमा लिओन्स डोडोजले १८ यार्डबाट हानेको फ्रिकिक गोलरक्षकले बचाउ गरे । त्यसको तीन मिनेटपछि पुन डोडोजले २० यार्डबाट हानेको प्रहार गोलरक्षकले पञ्चआउट गरेर जोगाए । पराजित भएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीका प्रशिक्षक राजुकाजी शाक्यले पाएका गतिला अवसर चुकाउनु नै दुर्भाग्य सावित भएको बताए ।

‘हाम्रा खेलाडीले निकै राम्रो खेलेका हुन् । प्रतियोगितामा स्वदेशी र विदेशी सहित विभिन्न १२ टिमले प्रतिश्पर्धा गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी थ्री स्टारका विजय गुरुङले पाए । उनले टिभिएस मोटरसाइकल प्राप्त गरे । सर्वाधिक गोलकर्तामा मनाङ मस्र्याङदीका अनिल गुरुङ र सुजल श्रेष्ठ चुनिए । ३–३ गोल गरेका उनीहरुले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

त्यस्तैै उत्कृष्ट गोलरक्षक थ्री स्टारका किरण चेमजोङ, डिफेन्समा थ्रीस्टारका विष्णु सुनुवार, स्ट्राईकर मनाङ मस्र्याङदीका अनिल गुरुङ, मिडफिल्डरमा सुदूरपश्चिमका हेमन्त थापामगर र प्रशिक्षकमा थ्री स्टारका अन्जन केजी ठहरिए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ नगद सहित ट्रफि पाए । प्रतियोगिताको फेयर प्ले टिमको उपाधी सुदूरपश्चिमाञ्चललाई दिईयो ।