कालो धनले नेपालमा हंगामा


खोज पत्रकारहरुको एक अन्तरराष्ट्रिय संस्थाले संसारभरिबाट स्वीस बैंकमा कालो धन जम्मा पार्नेहरुको विवरण सार्वजनिक गरेको छ ।
‘स्वीस लिक’ प्रोजेक्टका नाममा सार्वजनिक गरिएको सो विवरणमा नेपालबाट स्वीट्जरल्याण्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर फेला परेको दाबी गरिएको छ ।