कास्की सेवा समाज स्पेनको जिम्मेबारी बाँडफाँड


– बसन्त रानाभाट
बार्सिलोना /

कास्की सेवा समाज स्पेनको पहिलो बैठकले जिम्मेबारी बाँडफाँड गरेको छ। बिधान निर्माण,सस्था दर्ता प्रकिया,आर्थिक कोष बृदि,कल्याणकारी कोष स्थापना लगायतका कामहरुलाई पुरा गर्ने भन्दै जिम्मेबारी बाँडफाँड  गरेको हो।

समाजले कास्की चापाकोट घर भई हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार गराईरहेका बल बहादुर गुरुङको लागि २ सय ५२ युरो रकम प्रदान गरेको छ। दुवै मृगौला फेल भई उपाचारर्थ गुरुङको मृगौला प्रत्यारोपणको लागि नेपालीनेपाली डटकमले शुरु गरेको अभियानमा साथ दिदै सहयोग गरेको हो।

10967030_916239091743585_1492260935_n

समाजले बिधान निर्माणका लागि सल्लाहकार बसन्त रानाभाटको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरेको छ। यस्तै सस्था दर्ताको लागि सल्लाहकार संयोजक बेलकाजी गुरुङ,सस्था सुदृढीकरणको लागि बिशाल ढुंगाना,अनुशासन समितीमा कुमार गुरुङ,आर्थिक बृद्दिका लागि पुष्प केसी, महिला तथा बालबालिकामा देबी भण्डारी,खेलकुद तथा सास्कृतिकमा शंकर राज बराल र प्रचार प्रसारका तथा प्राबिधिक संयोजकको जिम्मेबारी राजेन्द्र कडेललाई दिएको छ।

बैठकले समाजका अध्यक्ष दिल नाथ भण्डारीको संयोजकत्वमा कास्की कल्याणकारी कोष समेत स्थापना गर्ने निर्णय गरेको छ।  पाईस भास्को,कमुनिदाद भालेन्सियाना,ग्रान क्यानारिया (क्यानारियन टापु),मड्रिड,मायोर्का,मालागा लगायतका अन्य शहरहरुमा क्षेत्रीय समिती गरेर सदस्यता बिस्तारमा जोड दिने समाजले जनाएको छ।  सदस्यता शुल्क १८ बर्ष माथिको हकमा मात्र ,बार्षिक ५ युरो शुल्क लिने निर्णय बैठकले गरेको छ।

यसैबीच राजदुताबासको माग गर्दै एनआरएनए स्पेनले हालै नेपाल सरकारलाई बुझाएको ज्ञापनपत्र र छलफलको उच्च प्रशंसा गर्दै पूर्ण रुपमा ऎक्यबद्दता समाजले जनाएको छ।

यस्तै कार्य समिति सदस्य टिका क्षेत्रीलाई मातृ शोक परेकोमा समाजले दुख ब्यक्त गरेको छ। लेखनाथ -१३ कास्की निबासी ५२ बर्षिय बिष्णु कुमारी क्षेत्रीको अल्पआयुमै भएको निधनले मर्माहत बनाएको भन्दै बैठकले शोक प्रस्ताब पारित गरेको छ।

समाजका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिब बिशाल ढुंगानाले संचालन गरेका थिए।