नेपालीनेपाली डटकमको पहलमा, बलबहादुरको सहयोगार्थ एक हजार युरो संकलन


बार्सिलोना/
नेपालीनेपाली डटकमको पहलमा भएको बलबहादुर गुरुङ सहयोगार्थ रकम संकलन अभियानको चौथो दिन सम्म १ हजार ४ युरो संकलन भएको छ। स्पेनबाट संचालित अनलाईन मिडियाले आफ्नो पहिलो प्रयास स्वरूप गुरुङको सहयोगार्थ रकम संकलन गरेको हो।
नेपालीनेपाली डटकमको अभियानमा साथ दिदै कास्की सेबा समाज स्पेनले आईतबार २ सय ५२ युरो गुरुङका सहोदर भान्जा बेलकाजी गरुङ्लाई हस्तान्तरण गरेको छ। समाजले सस्थागत रुपमा १०१ युरो,समाजका अध्यक्ष दिलनाथ भण्डारी ५६ युरो,कुमार गुरुङ २५ युरो,सुरेश भण्डारी १० युरो,कृष्ण राज धमाला १० युरो,पुष्प केसी १० युरो,कमल प्रसाद अधिकारी १० युरो,राजेन्द्र कडेल १० युरो ,बिशाल ढुंङ्गाना १० युरो र जित बहादुर कुमालले १० युरो सहयोग गरेका छन्। यस्तै प्रबासी नेपाली मन्च स्पेनले पनि सस्थागत रुपमा ५१ युरो प्रदान गरेको छ। यसै गरि दिनेश राज रेग्मीले १० युरो र दिनेश गिरीले गुरुङको उपाचार्थ १० युरो सहयोग गरेका छन्।
कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा रकम संकलन कार्य अझै जारी रहेको छ।

गुरुङका सहोदर भान्जा बेलकाजी गुरुङले समाचार अपडेड गरि रकम संकलन गरिरहेको नेपालीनेपाली डटकम, सहयोग गर्ने संघ सस्था लगायत सहयोग दाताहरुलाई धन्यबाद ब्यक्त गरेका छन्। दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार्थ गुरुङको मृगौला प्रत्यारोपणको लागि सहयोग रकम जुटाईएको हो।

1384098_1378115519097981_2070574261_n

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले सहयोगको क्रम बढीरहेकोले अझै केहि दिन अभियान जारि राख्ने बताएका छन्। अन्य मुलुकहरुमा पनि रकम संकलन कार्य भईरहेकोले स्पेनबाट जुटेको रकमले गुरुङको उपाचार्थ सहयोग मिल्ने बिश्वास ब्यक्त गरेका छन्।

गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने र करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा, आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।

नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिई रहेको छ।

रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने स्पेनबासी सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ।

नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।

बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो
राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो
प्रितम गुरुङ – ५० युरो
सन्तोष श्रेष्ठ – ३१ युरो
पुष्कर कार्की – २५ युरो
रबिन गुरुङ – २१ युरो
कुमार गुरुङ – २० युरो
बसन्त थापा – २० युरो
तुलसी रिजाल – १० युरो
पासङ् शेर्पा – १० युरो
जिग्मे शेर्पा – १० युरो
हेम प्रसाद पाण्डे – १० युरो
तारानाथ ढल्लाकोटी – ५५ युरो
ओमर बहादुर गुरुङ ( ओला नेपाल)- ५१ युरो
नेपाल ग्रामेन्ट बार्सिलोना – २० युरो
हेमन्त रानाभाट – २० युरो
भोला लामिछाने – १० युरो
राजु थापा मगर – १० युरो

(कास्की सेबा समाज स्पेन- २सय ५२ युरो )
सस्थागत- १०१ युरो,
दिलनाथ भण्डारी(अध्यक्ष) – ५६ युरो
,कुमार गुरुङ २५ युरो,
सुरेश भण्डारी १० युरो
कृष्ण राज धमाला १० युरो
,पुष्प केसी १० युरो,
कमल प्रसाद अधिकारी १० युरो
,राजेन्द्र कडेल १० युरो ,
बिशाल ढुंङ्गाना १० युरो
जित बहादुर कुमालले १० युरो
प्रबासी नेपाली मन्च स्पेन(सस्थागत) – ५१ युरो

दिनेश राज रेग्मी १० युरो
दिनेश गिरी १० युरो