बलबहादुरको उपचारार्थ स्पेनमा ५ सय युरो संकलन,सहयोग आउने क्रम जारी


-बसन्त रानाभाट
बार्सिलोना/
कास्की चापाकोट,धर्मडाडा मार्गी गाऊका बल बहादुर गुरुङको उपाचारको लागि स्पेनमा अहिले सम्म ५ सय १४ युरो संकलन भएको छ। नेपालीनेपाली डटकमले समाचार प्रकाशित गरे पछि  दाताहरु बढी रहेको र सहयोग आउने क्रम जारी रहेको हो । दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपाचार्थ गुरुङको मृगौला प्रत्यारोपणको लागि सहयोग रकम जुटाईएको छ।

समाचार प्रकाशित भईसके पछि शुक्रबार राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो, प्रितम गुरुङ – ५० युरो सन्तोष श्रेष्ठ – ३१ युरो, पुष्कर कार्की – २५ युरो, रबिन गुरुङ – २१ युरो, कुमार गुरुङ – २० युरो,बसन्त थापा – २० युरो, तुलसी रिजाल – १० युरो ,पासङ् शेर्पा – १० युरो, जिग्मे शेर्पा – १० युरो र हेम प्रसाद पाण्डेले १० युरो, सहयोग गरेको स्पेन निबासी गुरुङका सहोदर भान्जा बेलकाजी गुरुङले नेपालीनेपाली डटकमलाई जानकारी दिए।
कास्की सेबा समाज स्पेनका सल्लाहकार समितिका संयोजक तथा तमु समाज स्पेनका महासचिब समेत रहेका गुरुङले सस्थाका नियमित बैठकहरुमा गएर आफुले कुरा राख्ने र छलफलपछि अझ सहयोग बढ्ने आशा ब्यक्त गरेका छन्। गुरुङले बिहिबार मात्र समाचार प्रकाशित गरेर अहिले सम्म ५ सय १४ युरो संकलन भईसकेकोमा स्पेनबासि सहयोगी दाता लगायत नेपालीनेपाली डटकमलाई धन्यबाद ब्यक्त गरेका छन्। 

गुरुङको उपाचार गरिरहेका चिकित्सकका अनुसार तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने र करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुदा, आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत,जापान,हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिबारिक स्रोतले जनाएको छ।

स्पेनबासि नेपालीहरुले हरेकको दुखमा साथ दिदै आएका छन् आशा छ मेरो मामाको जीबनरक्षाको लागि पनि अझै सहयोग जुट्दै जाने छ गुरुङले भने।

नेपालीनेपाली डटकमले यो अभियानलाई पूर्णरुपमा साथ दिदै समाचार अपडेडलाई निरन्तरता दिई रहेको छ।

रकम संकलन कार्यमा साथ दिदै अहिले सम्म सहयोग गर्ने स्पेनबासी सहयोगी दाताहरुको नामावली यसप्रकार रहेको छ।

बेल काजी गरुङ्- ५१ युरो
शालिक राम डुम्रे – ३५ युरो
देउ काजि गुरुङ/ज्योती गुरुङ -३१ युरो
हिमाली रेस्टुरेन्ट- २५ युरो
बसन्त रानाभाट – २० युरो
अजय लोप्चन – २० युरो
सुनिल रानाभाट- २० युरो
लक्ष्मण शर्मा – २० युरो
नबिन गुरुङ – २० युरो
दीपा गुरुङ – १० युरो
केशब शाही – ५ युरो

राजेश गुरुङ ( बिर बहादुर) – ५० युरो
प्रितम गुरुङ – ५० युरो
सन्तोष श्रेष्ठ – ३१ युरो
पुष्कर कार्की – २५ युरो
रबिन गुरुङ – २१ युरो
कुमार गुरुङ – २० युरो
बसन्त थापा – २० युरो
तुलसी रिजाल – १० युरो
पासङ् शेर्पा – १० युरो
जिग्मे शेर्पा – १० युरो
हेम प्रसाद पाण्डे – १० युरो

नोट- सहयोग गर्न चाहनेहरुले बेलकाजी गुरुङ (६०२०१०३६८) वा नेपालीनेपाली डटकम (६३२५२२७२९) मा सम्पर्क गर्न सक्नु हुनेछ।